
बर्सैपिच्छे फागुन २४ अर्थात् मार्च ८ गते नारी दिवस आउँछ । मानव जातिको इतिहासमा उत्पीडित वर्ग र जातिको त्यस्तो कुनै महान् आन्दोलन भएको छैन, जसमा श्रमिक महिलाको संलग्नता नभएको होस् । नारीहरूले स्पार्टकसको दास विद्रोहदेखि सर्वहारा क्रान्तिको युगसम्म आइपुग्दा मुक्ति आन्दोलनमा श्रमिक महिलाले बेजोडको त्याग तपस्या बलिदान एवं साहस र सैन्य क्षमताको प्रदर्शन गरिसकेका छन् । नेपालमा पनि सन् २०१६ मार्च ८ देखि नारी दिवसको रूपमा मनाउने गरिएको छ । विसं २०३७ मा नमीता र सुनीता हत्या काण्डको विरुद्धमा कास्कीका हजारौँ महिलाले भव्य जुलुस प्रदर्शन गरेबाट पञ्चायत विरोधी राजनीतिको प्रतीकको रूपमा नमेटिने छाप बसाल्यो । नालापानीको युद्धमा अङ्ग्रेजी तोप र गोला बारुदको जवाफ खुकुरी र ढुङ्गाको भरमा लडी वीरताको प्रदर्शन गर्न होस् वा राणा विरोधी आन्दोलन नै किन नहोस् । पञ्चायती विरोधी आन्दोलन होस् वा २०६२÷०६३ को जनआन्दोलन होस् । वर्गसङ्घर्ष होस् वा ग्रामीण सङ्घर्ष यस्ता सबै आन्दोलनमा संलग्न बनेर नेपाली महिलाले उच्च त्याग, तपस्या, गौरवपूर्ण बलिदान एवं लडाकु क्षमताको वीरतापूर्वक बलिदान गरिसकेका छन् ।
सन् १९१८ मा योगमाया देवी र दिव्यादेवी कोइरालाको सव्रिmयतामा ‘महिला समिति’ नामक संस्था स्थापना गरिएको थियो । त्यसपछि सन् १९४० मा स्वतन्त्रताका लागि लड्ने सेनानीको हत्याले नेपाली महिलालाई पनि अझै सचेत बनायो । चन्द्रकान्ता मल्लले सन् १९४५ मा कन्या विद्यालयको स्थापना गर्नुभयो । सन् १९४८ मा मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला स्वतन्त्रता र समानता प्राप्तिका उद्देश्यले नेपाली महिला सङ्घको स्थापना भयो । सोही वर्ष हाम्रो देशमा नगरपालिकामा महिला उम्मेदवारी खडा गर्न पाउने र मत दिन पाउने प्रावधान राख्नका लागि नेपाल महिला सङ्घले तत्कालीन प्रधानमन्त्री पद्मशमशेरसमक्ष माग पेस ग¥यो र सफल भयो ।
सन् १९४८ मा सामाजिक र राजनीतिक चेतना ल्याउने उद्देश्यले रेवन्तदेवी आचार्यको अगुवाइमा ‘आदर्श महिला सङ्गठन’ खुल्यो । सन् १९५० मा पुण्यप्रभा देवीको अध्यक्षतामा महिला सङ्गठन स्थापना भयो । सन् १९५२ मा कामाक्षादेवीको अगुवाइमा अखिल नेपाल महिला सङ्घ गठन भयो । सुरुमा विभिन्न महिला नेपाल महिला सङ्घमा एकत्रित हुनुभयो । सन् १९५० देखि १९६० सम्म विभिन्न राजनीतिक विचारधाराले प्रभावित महिला संस्था खुले । नेपाली महिलालाई पश्चिमा महिलाको प्रभावबाट रोक्ने संस्था पनि खुलेको थियो । सामाजिक, राजनीतिक चेतना ल्याउने व्रmममा यी सङ्घसंस्था सव्रिmय थिए । फलस्वरूप सन् १९५२ मा काठमाडौँ नगरपालिकाको सदस्यमा साधना प्रधान चुनिनुभएको थियो । ती वर्षमा पनि निमित्त सल्लाहकार सभामा महिला सहभागिता नहुँदा महिला सङ्घसंस्था विरोधमा उत्रिएका थिए । तब मात्र महिलाहरू सल्लाहकार सभामा समावेश गरिएका थिए ।
देशको पहिलो आमनिर्वाचन सन् १९५८ मा द्वारिकादेवी ठकुरानी विजयी भई एसियामै पहिलो महिला मन्त्री बन्नुभएको थियो । सन् १९६० को प्रजातन्त्रविरोधी कदमले सबै प्रकारका सङ्घ संस्थामाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि मन्त्रीमण्डलको विघटन भयो निर्दलीय पञ्चायती व्यवस्था आयो । त्यसको विरोध त्यति बेलाका महिलाले गरेका थिए । त्यस अभियोगमा नोना कोइराला, सुष्मा कोइराला र मङ्गलादेवी सिंह जेलमा पर्नुभयो । सोही वर्ष शाही घोषणाको विरोधमा टुँडिखेलमा कालो झन्डा देखाएर विरोध गरेबापत शैलजा आचार्यलगायत गौरी राणा जोशी, सरोज जोशी, विजया शर्मा र उमा शर्मा पक्राउ पर्नुभएको थियो ।
सन् १९६३ मा जारी गरिएको मुलुकी ऐनले बालविवाह, बहुविवाह, अनमेल विवाह र छुवाछुत जस्ता सामाजिक कुरीतिविरुद्ध कदम उठाएको थियो महिला सङ्गठनले । सामाजिक सेवाको क्षेत्रमा तत्कालीन बडामहारानी ऐश्वर्यराज्यलक्ष्मी देवी शाहको अध्यक्षतामा सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् गठन भएको थियो । त्यसताका राजपरिवारका महिला सामाजिक सेवाका क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । पञ्चायत व्यवस्थाको विरोधमा ललितपुर, भक्तपुर, कीर्तिपुर सहित विभिन्न जिल्लामा निस्केका जुलुसमा महिला अग्रपङ्क्तिमा रहेका थिए । माओवादी विद्रोहमा पनि त्यहाँ संलग्न सङ्ख्या मध्ये ४० प्रतिशत महिला लडाकु हुनुहुन्थ्यो । त्यस्तै २०६२-६३ आन्दोलनमा पनि महिलाहरूको उल्लेख्य सङ्ख्यामा जुलुसमा उपस्थिति थियो । केही सङ्ख्यामा महिला सहिद पनि भएका थिए ।
पहिलो पटक आर्थिक, सामाजिक, राजनीतिक सबै पक्षमा छैटौँ पञ्चवर्षीय योजनाले महिलाको महìव उल्लेख गरेको छ । समूह जमानीमा महिलाहरूलाई ऋण दिने थालनी साना किसान विकास आयोजना अन्तर्गत सुरु भयो । नवौँ योजनाले महिला सशक्तीकरण र समानताको कुरा उल्लेख गरेको छ । महिला उत्थानको प्रयासले आशा गरे जस्तो विकास र सुधार हुन सकेको छैन । आर्थिक अभाव र सामाजिक विसङ्गतिका सिकार भइरहेका छन् नेपाली महिला । विपन्न र महिलावर्गको क्षेत्रमा केही प्रयास भए पनि सबैलाई समेट्ने वातावरण बनिसकेको छैन । केही वर्षयता धेरै सामाजिक सङ्घ सस्था, अन्तर्राष्ट्रिय सङ्घ संस्था र नेपाल सरकार महिला उत्थानमा लागि परेका छन् । विभिन्न गाउँ र जिल्ला स्तरमा स्वतःस्फूर्त रूपमा महिला समूह सामाजिक र आर्थिक सुधारमा संलग्न भएका छन् । महिलाले महिलालाई गर्ने शोषणको समस्या र परम्परागत कुप्रथा, बेचबिखन र बुहार्तन पनि उत्तिकै समस्याका रूपमा छन् । महिला भएकै कारण शिक्षाको अवसरमा पहिलो प्राथमिकतामा नपर्नु, आर्थिक कारोबारमा बाधा र स्वास्थ्य सुविधाबाट वञ्चित जस्ता समस्याहरू भोगिरहेका छन् ।
के नारीले समाजमा पाउनुपर्ने स्थान र खोजेको अधिकार संसारभरि नारी दिवस मनाउन थालिएका एक शताब्दी बितिसक्दा प्राप्त गर्न सकेका छन् त ? तर पनि नारी विकासका दिशामा केही पनि भएको छँदै छैन भन्ने चाँहि होइन । नारीले अधिकार खोज्न थालेको अवस्थादेखि पछिका दिनमा नारी जगत्ले अनेकन उपलब्धि हासिल गर्दै आएका छन् । तथापि नारी सशक्तीकरणतर्फ हुनुपर्ने काम भने अझ धेरै बाँकी छन् । सिद्धान्त र कानुनी रूपमा काम केही भएका देखिए पनि व्यावहारिक रूपमा भने सोचे अनुरूपको प्रगति महिलाको पक्षमा हुन सकेको छैन । विकसित मुलुकका दाँजोमा विकासोन्मुख अथवा अतिकम विकसित देशका नारीको स्थिति कहालीलाग्दो छ ।
अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा नेपालको सन्दर्भ केलाउँदाको अवस्था उत्साहजनक देखिँदैन । युगौँदेखिका बेथिति उस्तै छन् र संवैधानिक तथा कानुनी हिसाबमा महिलाले केही अधिकार प्राप्त गरेपनि व्यावहारिक धरातलमा कार्यान्वयनको पक्ष न्यून छ । विभेदकारी कानुन पूर्ण रूपमा हट्न सकेका छैनन् । अनेकौँ प्रलोभन वा जोर जुलुमबाट महिलालाई देहव्यापारमा संलग्न गराइने गरेको यथार्थ तस्बिर हाम्रोसामु छ । त्यस्तै छ महिनादेखि ७० वर्षसम्मका नारीहरू बलात्कार भएर दिन दिनै मारिएका छन् । भारत, तिब्बत, खाडी मुलुक आदि देशमा नारकीय जीवन बिताउने महिला धेरै छन् । बोक्सीको नाममा अवला महिलालाई ज्युउँदै जलाइँदै छ । आफ्ना खुसीमा रम्न होस् वा छोरा नपाएको निहुँमा जिम्मेवार पद धारण गरेका व्यक्तिबाट नै श्रीमतीहरू मारिएका मारिएकै छन् । घरेलु हिंसाको सिकार, बलात्कार, बेचखिबनका सिकारबाट नेपाली महिला उम्कन सकेका छैनन् । नारी हक, हितका आवाज तथा आश्वासन प्रशस्तै मुखरित हुँदै छन् तर पनि तिनीहरूको अक्षरशः पालना गरिएको यथार्थ छैन । छोरीलाई अंश दिने कुरा होस् वा आमाको नामबाट नागरिकता लिने काम नै किन नहोस् हैरानीको पक्ष बनिरहेको छ । प्रशासनिक, राजनीतिक, आर्थिक जस्ता हरेक देश र समाजका महìवपूर्ण क्षेत्रमा नारी सहभागितामा कमी रहेको छ ।
महिला सहस्राब्दी विकास लक्ष्यका निम्ति महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र घोषणापत्रप्रति नेपालले प्रतिबद्धता प्रकट गरेको छ । क्षमता, योग्यता र मेहनतले गर्नुपर्ने काममा क्षमता नै खोज्छन् । यसका लागि महिलाले आफ्नो क्षमता नै अभिवृद्धि गर्नु पर्छ । महिला आफैँ अगाडि नबढी समाजमा स्थापित हुन सक्दैनन् । यसका लागि महिलाविरोधी हिंसामा दण्डहीनता अन्त्य, प्रजनन् स्वास्थ्यमा पहुँच, सम्पत्तिमा महिला अधिकार, श्रम संरक्षणमा समान पहुँच, सरकारी निकायमा महिला सहभागिता वृद्धि, विभेदकारी कानुनहरू खारेजी, शान्ति सुरक्षा प्रव्रिmयामा महिला सहभागिता अभिवृद्धि, अन्तर्राष्ट्रिय सन्धिसम्झौताको पालना जस्ता विषयवस्तु बुझ्नु आवश्यक छ । यस निम्ति पाठ्यक्रममा यी विषयलाई समावेश गरेर बोधगम्य बनाउनु पर्छ र जनस्तरसम्म पुर्याउने योजना बनाउनु पर्छ, यसले गर्दा सहरबजार केन्द्रित कामहरू ग्रामीण क्षेत्रमा बसोबास गर्ने बहुसङ्ख्यक महिला पनि यसको दायरामा छिर्न सक्छन् ।
समुदाय क्षेत्रमा महिलाले गरेका कार्य उल्लेखनीय देखिएका छन् । सामुदायिक वन उपभोक्ता समूह यसैको उदाहरण हो । समुदायमा आधारित सिँचाइ कार्यक्रममा महिला उपभोक्ता समूहले गरेका काममा अनुसन्धान गरेर अमेरिकी प्राध्यापक ओस्ट्रमले नोबल पुरस्कार नै हात पार्नुभयो । हैसियत बिग्रिएको वन, हैसियत बिग्रिएका गाउँले समुदायलाई सरकारले हस्तान्तरण गरेपछि संसारलाई नै अचम्ममा पार्ने उदाहरण नेपालभर प्रस्तुत भएका छन् । सामुदायिक वन उपभोक्ताहरूको छाता सङ्गठन फेकोफन अहिले सुशासन र समुदायलाई अधिकार सम्पन्न पार्ने यस्तो संस्था बनेको छ, जसमा महिला सङ्ख्या बढी हुनुको साथै प्रायः निर्णय तहमा महिलाकै वर्चस्व छ ।
हुन त महिला सहस्राब्दी विकास लक्ष्यको उद्देश्यमा महिलालाई नै अधिकार सम्पन्न तुल्याउने सोच हो तर के अबको बाँकी समयमा पारिवारिक, सामाजिक, राजनीतिक, प्रशासनिक तहका निर्णय प्रक्रियामा महिला सशक्त हुनसक्छन् त ? स्वास्थ्य सेवामा महिला पहुँच अब चार वर्षमा ग्यारेन्टी हुन सक्छ त ? रोजगारीमा महिला पहुँच बढ्छ ? ज्यालामा लैङ्गिक असमानता र महिला हिंसा निर्मूल हुन्छ ? लैङ्गिक असमानता जनाउने विभेदकारी कानुन संशोधन र नयाँ निर्माण यसबिच सम्भव छ ? कुनै गाउँ जिल्लामा गरेका एकदुई एनजिओ आइएनजिओ अनि सरकारी निकायको कर्मचारीतन्त्रको टिप्पणी र कागजी खेस्राले के महिलालाई रोजगार बनाउन
सकिन्छ ? लैङ्गिक सचेतना कार्यक्रममा केही व्यक्ति जम्मा पारेर भाषण गर्दैमा प्रभावकारी हुन्छ ? महिला विरुद्धका हिंसाका घोषणाले महिला हिंसा कम भएका छन् ? चुनावमा उम्मेदवारी बनाएर महिलालाई भेला गराएर गरिएको भाषणबाजीले के निर्वाचनभित्रको राजनीति सम्बोधन भइहाल्छ ? यी यावत् कुरामा अधिकारका लागि महिलाले समाजसँग अझ धेरै लड्न बाँकी नै छ ।
नेपालमा पछिल्लो समय महिला आन्दोलन डिजिटल प्रविधिसँग जोडिएका छन् । लैङ्गिक हिंसाविरुद्ध सामाजिक सञ्जालमा मि टु, रेप प्रोटेस्ट टीवाइएफ ओमेन राइट्स जस्ता अभियानहरूले आवाज उठाइरहेका छन् । न्यायका लागि सडकमा निस्किनुका साथै अनलाइन माध्यमबाट दबाब सिर्जना गर्न महिलाहरू सफल भएका छन् । यस प्रकार सन् १९१० मा डेनमार्कको राजधानी कोपनहेगनमा दोस्रो समाजवादी महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चका दिन समाजवादी नेत्री क्लारा जेटकिनले ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउन राखेको प्रस्ताव पारित हुनुले यो दिवस आजपर्यन्त जीवित छ । नेपालले पनि ८ मार्चका दिन विश्वका अन्य राष्ट्रहरूमा झैँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आएको छ । यो वर्ष पनि युवती र महिला अधिकारका कुराहरू लिएर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
- म्यानमारमा नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५ हुँदै
- नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न NMB बैंक, IFC, र EU को साझेदारी
- मुक्तिनाथ विकास बैंकद्धारा कञ्चरपूरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न
- सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा PAN अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप
- नेपालमा भित्रियो बर्ली एयर कूलर, भब्य रुपमा सार्वजनिक
- बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने
- राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन