अनुसन्धान विचारपत्र: कालीगण्डकी नदीमा मानवीय अतिक्रमण र दोहन - आर.के. अदीप्त गिरी

कालीगण्डकी नदी हाम्रो जीवन हो, प्रकृति हो, सम्पदा हो र अस्था हो । दुर्लभ शालिग्राम पाइने विश्वकै एकमात्र यो नदीसँग हिन्दु धर्मालम्बीकालागि अत्यन्तै ठूलो सांस्कृतिक महत्व रहेको छ । यो नदी क्षेत्र नित्य स्नानदेखि पूजा पाठ, दाहसंस्कार, तर्पण र श्राद्घ गर्न अत्यन्तै पवित्र मानिन्छ । किनारामा मुक्तिनाथदेखि देवघाटसम्मका दर्जनौ पवित्र धार्मिक स्थल छन्, जहाँको एक पटक दर्शन गर्न वा पूजापाठ गर्न हजारौं धर्वालम्बी लालयित छन् ।

तिब्बतको सीमादेखि बग्दै आउने कालीगण्डकी केवल समुन्द्र छुनको लागि बग्दैन। आफू बग्दै गर्दा तल्लो तटिय क्षेत्रको पर्यावरणलाई सन्तुलित गर्ने, मध्यतराईलाई सुख्खा हुनबाट बचाउने, कालिगण्डकीमै आश्रय लिएर हजारौं वर्षदेखि बाँचिरहेका तटिय क्षेत्रका लाखौं जीवनलाई बाँच्न सहज बनाउने जिम्मेवारीसमेत बोकेर बग्दछ ।

केही वर्षयता पर्यावरणीय सन्तुलन नै खलबलिने गरी नदीको तिब्र दोहन भइरहेको छ । सरकारले यसलाई नदेखे झैं त गरिरहेकै थियो, अब अझ नदीको पानी नै अर्कोतिर मोड्ने परियोजना अघि सारेको छ। सरकारलाई केवल सुरुङ खन्नु छ, पानीको प्राकृतिक बाटोलाई बिथोल्नु छ, पारिस्थितिक प्रणालीलाई बिगार्नु छ ।

कालीगण्डकीका तीर्थहरुको दर्शन र जलावगाहनको उत्कण्ठाले बर्सेनि भारतवर्षबाट मात्रै लाखौंको संख्यामा धार्मिक पर्यटकहरु भित्रिने गरेका छन् भने प्रतिवर्ष अन्य मुलुकहरुबाट पनि यहाँ भित्रिने पर्यटकहरुको चाप बढ्दो छ । यसलाई तीर्थ पर्यटनको रुपमा विकास गर्नुपर्ने र यस अन्तर्गतका जैविक विविधताको संरक्षण हुनुपर्ने सामयिक आवश्यकता हो । यसैगरी गण्डकीको महत्वबोध गरी यसलाई पूर्वीय दर्शन र भौगोलिक अध्ययन अनुसन्धानको विषय एवं पर्यटन प्रबर्दनको मुख्य केन्द्र बनाउन सकिन्छ । यिनै धार्मिक,सांस्कृतिक,भौगोलिक वैविध्यका कारण गण्डकी क्षेत्र विश्वका पर्यटकहरुको प्रमुख गन्तव्य बनेको हो ।

पछिल्लो समयमा एकातिर जलवायु परिवर्तनका प्रभावले यस नदीको स्वरुपमा परिवर्तन आएको छ भने अर्कातिर सप्तगण्डकीको मूल स्रोत कालीगण्डकीको अतिदोहनले यससँग जोडिएका विभिन्न सम्पदाहरु संकटका अवस्थामा पुगेका छन् । त्यसैमा पनि विकासका नाममा कालीगण्डकीको मूलधारलाई सुनियोजित ढंगले राम्दीदेखि डाइभर्सन गरेर तिनाउनदीसम्म पु¥याउन प्रपञ्च रचिएको छ ।

नेपाल-चीन सिमा तिव्वत नजिकै नेपालको भू-भागबाट उद्गमस्थल बनाएर कल्पितहुँदै हिमालय श्रृङ्खलाबाट शुरु भएर मुस्ताङ जिल्लाको मुक्तिनाथबाट आएको काक खोलासँग कागबेनीमा मुस्ताङखोला मिसिएपछि कालीगण्डकी नदी बन्छ। यो हिमालयन श्रृंखलाबाट शुरु भएर विभिन्न खोंच, थुप्रै समथर फाँटहरु छिचोल्दै विश्वकै धार्मिक अस्मिता बन्दै भारतको गंगा–ब्रहमपूत्रसम्म अविछिन्न र अविचलित रुपमा बहदै गएको संसारकै पवित्र, कञ्चन, शुद्ध र सुन्दर नदीको नाम कालीगण्डकी (कृष्ण गण्डकी) हो भन्नेकुरा विभिन्न धार्मिक पुराण र ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ।

देवी भागवतमा उल्लेख भएअनुसार संसारकै सबैभन्दा महान र पवित्र नदि कालीनदी हो गया नदीमा गएर सय पटक स्नान गरेको भन्दा कालीगण्डकी नदीमा एक पटक स्नान गरेमा बढी पुण्य हुने भनिएको छ। अन्तर्राष्ट्रिय धार्मिक संस्कृतिक महत्वपूर्ण विरासत बोकेको यस नदी भगवान नारायण विराजमान भएको नदीको रुपमा पनि व्याख्या गरिएको पाईन्छ। यो नदी तिब्बती पठार, हिमालयबाट सुरु भएर मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, गुल्मी, पाल्पा र स्याङ्जाको सिमाना राम्दीबाट अगाडि बढ्ने क्रममा स्याङ्जा, पाल्पा, तनहुँ, नवलपुर र चितवनहुँदै नारायणी नदीको मुख्य नदीको रुपमा बहदै गरेको नेपालको प्रमुख नदीहरु मध्येको एक हो ।

भौगर्भिक विज्ञानले के भन्छ भने  हिमालय पर्वतको सबभन्दा तरुण शृङ्खला हो। हिमालयको प्रादुर्भाव करिव ५ करोड वर्षपहिले भएको अनुमान गरिन्छ। चुरेचाहिँ २ करोड वर्षयतादेखि मात्र उठ्न थालेको रहेछ। त्यसो भनेको बिनापुच्छरका बाँदर एपस् रामापेथिकस सँगसँगै चुरे पनि देखा परेको हो। तिनको बङ्गरा रबर्ट वेस्ट र टिआर पन्तको टोलीले सन् १९८२ मा बुटवलतिरैबाट उत्खनन गरेका हुन्। प्राग-भौगर्भिक विज्ञानका अनुसार चुरेमा मियोसिन काल ९५ लाख  (२ करोड वर्षअघि) तिर न्यानो ओसिलो हावापानी विद्यमान थियो। त्यहाँको जङ्गलमा भीमकाय हात्ती जस्ता स्टेगोडन, जिराफ चर्थे र दलदले मैदानमा हिप्पो,ठूलठूला कछुवा आदि आहाल लाएर बस्थे। चुरे बन्दाबेलाका यी सबै साक्षी लोप भैसकेछन्। तिनका जीवावशेष भने कहीँकतै भेटिएला ।

हिन्दु धर्मका अनुयायीहरु शालिग्रामलाई साक्षात भगवान बिष्णुको अवतारको रुपमा लिन्छ्न । विश्वमा नेपालको कालीगण्डकी नदिमा मात्रै पाइने अचम्मको ढुङ्गाको नाम हो ‘शालिग्राम’ । शालिग्राम विश्वका हरेक हिन्दु मन्दिरहरुमा पाइन्छ नेपाल, भारत, इन्डोनेसिया, दक्षिण अफ्रिका, ल्याटिन अमेरिका, अमेरिका, युरोप सबै ठाउँमा नेपालको कालीगण्डकी नदिमा पाइने शालिग्राम पुगेको छ ।

हिन्दु धर्मका १८ पुराण मध्ये सबै पुराणहरुमा शालिग्रामको चर्चा गरिएको पाइन्छ । शिव पुराण , स्कन्दपुराण , पद्मपुराण तिनै पुराणमा शालिग्रामको उत्पत्तिको बारेमा बताइएको छ । श्री स्वास्थानीमा भनिए अनुसार भगवान बिष्णुले जालन्धर पत्नी बृन्दालाई छल गरेपछि , बृन्दाले भगवान बिष्णुलाई सराप दिएकी थिएइन ”ढुङ्गा हुनुपरोस” भन्ने जस्लाई पूरा गर्न भगवान भिष्णु पृथ्वीलोकमा शालिग्रामको रुपमा बिराजमान भएको पाइन्छ ।  शालिग्रामलाई दान गर्ने सबैलाई निकै ठूलो फल मिल्ने धार्मिक ग्रन्थहरुमा बताइएको छ ।

त्यसैगरी नेपालका ६ हजार नदीहरु मध्ये कालीगण्डकी नदी नेपालको मुख्य पबित्र नदी हो । कालीगण्डकी नदी नेपालको मुस्ताङ्ग जिल्लाको २०,५६४ फिट उचाईमा तिब्बतको सिमानाबाट बग्दै कागबेनी, गोर्डी वा अन्धा गल्छीबाट दक्षिणतर्फ बग्दछ । धौलागिरी हिमालको बीचमा नदीको गलेश्वरको राहुघाट खोला, बेनी बजारको म्याग्दी खोला, कुष्मा बजार नजिकको मोदी खोला र रिडी बजारको माथि रुद्रबेनीमा बडिगाड नदीसँग मिसिएर बग्दछ ।
कालीगण्डकीको महिमा बिभिन्न पुराण, धार्मिक ग्रन्थमा बर्णन गरिएको छ । जसमध्ये श्रीमद्भागवत (भगवत पुराण) को अध्याय पाठ-१० मा काकरा नदीलाई गण्डकी भनिएको छ । संसारको सबभन्दा महत्वपूर्ण पवित्र नदीमा यही नदी पर्दछ । पुलाहा आश्रममा यो नदी छ, जुन सबै नदीहरूमध्ये सबै भन्दा राम्रो हो । सालिग्राम सिला, मार्मरका पत्थरहरूले ती सबै ठाउँहरू शुद्ध पार्दछ ।

यसैगरी स्कन्द पुराण कृष्णभाया (कृष्ण गण्डकी वा कालिगण्डकी) नुहाइसकेपछि प्रयाग वा कुरुक्षेत्रमा नुहाउनु भन्दा पापबाट मुक्ति पाउन सय गुणा सहज हुन्छ भन्ने मान्यता रहेको छ । हरि भक्ति विलासामा कालीगण्डकी नदी नजिक, त्यहाँ एक ठूलो ठाउँ छ शालिराम त्यो स्थानमा देखिने ढुङाहरूलाई शालिग्राम शिला भनी चर्चा हुनुले यसको महत्व स्पष्ट हुन्छ ।

प्रायः नदी (पानी) उत्तरबाट दक्षिण बग्दछ, यो ध्रव सत्य हो । तर,राम्दीदेखि मालुङ्गाको केही भागसम्म कालीगण्डकी उत्तर फर्केर बहेकी छिन्। अर्थात् गण्डकी माता माइत फर्केकी छिन् भनिन्छ । यही महिमाको कारणले  कालीगण्डकी संरक्षणर सम्बर्धन उत्तरवाहिनी कालीगण्डकी बचाउनु पर्छ भन्ने धार्मिक विश्वास राखेका मानिसहरूको यौटा बुझाई छ ।

नेपाल पुण्यभूमि, ईश्वरभूमि र तपोभूमि भएको देश भएको हुनाले मानिसभन्दा धेरै देवता र घरभन्दा धेरै मन्दिर भएको भूमि हो । कूनै ठाऊँको पहिचान परिचय (Identity) दिने काम धार्मिक, मौलिक र सांस्कृति हिसाबले नै राखिएको देखिन्छ । उदाहरणार्थ निलो कालो पानी भएको, शालिग्राम पाइने, स्वंयम भगवान विष्णु नै पग्लिएर बग्नु भएकाले कालीगण्डकी भन्ने गरेको किमदन्ती (legend) पाईन्छ।

नेपालको सनातनी सभ्यता (Civilization) अत्यन्त गहन र गहिरो अर्थ बोकेको उदार एवम् बैज्ञानिक संस्कृति मानिन्छ। यस्तै कालीगण्डकी नदि विश्वको सबैभन्दा जेठो नदी, तटीय क्षेत्रका अद्भूत मनोरम स्थल भनेर हामी नेपालीले मात्र होईन, पश्चिमाका बैज्ञानिक पनी भन्छन्। यो मात्र होईन, मोक्षप्राप्तिका लागी विश्वभरबाट करीब दूई अरब हिन्दू मानिसहरू देवघाटमा स्नान गर्न आउँछन् एकपटक कालीगण्डकीमा स्नान नगरी मरेको मानिसले मोक्षप्राप्ति गर्दैन भन्ने कथन रहि आएको छ ।

कालीगण्डकी हिन्दू धर्मालम्बीहरुको मात्र धार्मिक आस्थाको रुपमा  नभै बुद्धमार्गीहरुले पनी कालीगण्डकीलाई २४ तान्त्रिक स्थानमध्ये एक मान्छन् तिब्बती भाषामा छुमिङ ग्यात्सा अर्थात सय पानीका रुपमा बौद्धमार्गीहरुले तान्त्रिकको एक अंश मान्छन् । सभ्यता , संस्कृति, धार्मिक र आध्यात्मिक हिसाबले कालीगण्डकी संरक्षण गर्नूपर्ने र यसको बृहत्तर पहिचानका लागी राज्यको तर्फबाट सहयोग गर्नूपर्ने देखिन्छ।

कालीगण्डकी गण्डकी सभ्यतालाई केलाउँदै जाँदा मुलुककै सबैभन्दा गहिरो नदी हो, कालीगण्डकी । सात सहायक नदीले गण्डकीलाई पूर्णता दिएको छ । ६ सय ३४ किलोमिटर लम्बाई र २६ हजार वर्ग किलोमिटर जलप्रबाह भूमीमा गण्डकी नदी फैलिएको छ । चीन, नेपालहुँदै भारतसम्म फैलिएको गण्डकी नदीलाई भारतमा गण्डकले चिनिन्छ।

मानव र जैविक विविधताको अस्तित्वसँग गासिएको कालीगण्डकी नदीको नेपालको पुरानो सभ्यता मध्यकोे एकसभ्यता बोकेको नदी हो । कालीगण्डकी सामाजिक, आर्थिक र सांस्कृतिक, ज्ञान, भाषा, मूल्य, चलन, एकता, सांस्कृतिक विस्तार, मनोरन्जन, सुख दुःखको साझेदार नदी हो । यो पबित्र नदीमा विश्वकै दुर्लभ शालग्राम पाइनेमात्र होइन हिन्दु धर्मालम्बीहरुको लागि सामाजिक, सास्कृतिक, पवित्रताका लागि महत्वपूर्ण रहेको छ ।

कालीगण्डकी हाम्रो सामाजिक, आर्थिक,  सांस्कृतिक, ज्ञान, भाषा, मूल्य, चलन, एकता, जिविका, सांस्कृतिक विस्तार, मनोरन्जन, सुखदुःखको साझेदार नदी हो । कालीगण्डकीलाई देवी कालीको नाम दिइएको छ र यो विशेष नदी भएकोले सांस्कृतिक क्रियाकलापहरुका लागि अति शुभ ठाउँ जुन नित्य स्नान गर्ने देखि पूजा पाठ, दाहसंस्कार, तर्पण र श्राध्द गर्न पवित्र मानिन्छ । यस नदीले वातावरणीय कृषि, वन, जल, ऊर्जा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, उद्योग, जीविकोपार्जन, अर्थतन्त्र किसानहरूका लागि सिँचाइको लागि निरन्तर योगदान गरेको छ ।

कालीगण्डकी नदीमा सुन पाइने भएकोले त्यहाँको बालुवाबाट सुन निकाल्न, निर्माणका लागि आवश्यक पर्ने बालुवा, ढुङ्गा र गिटी यस नदीबाट प्राप्त हुने, जीविकोपार्जनका लागि माछा पालन देखि, सिञ्चाई, विद्युत निकाल्न, जलयात्रा गर्न, धार्मिक पर्यटकहरु भित्राउन, कालीगण्डकी नदीका पुण्य क्षेत्रहरू मुक्तिनाथ मन्दिर कागबेनी, गलेश्वर म्याग्दी कालिका मन्दिर, बागलुङमा निर्माण गरिएको शालीग्राम संग्राहलय, मोदीबेणी धाम, गुप्तेश्वर गुफा, जैमिनीघाट, प्रख्यात बेलबगर घाट, सेतीवेणी सीला, रुद्रवेणी, रिणी क्षेत्र, उत्तरवाहीनी, वेदव्यास क्षेत्र आदि गरि दामोदर कुण्डदेखि त्रिवेणीधामसम्म रहेका सयौं धार्मिक मठमन्दिर, तीर्थाटन, धर्मघाटहरू पर्यटकका आकर्षणका केन्द्र रहेका छन ।

हिन्दू धर्ममा हातले लेखिएका धेरै पुरानो पवित्र पुस्तकहरूमा मौलिक शालीग्रामको महत्वलाई उद्धृत गरिएको छ । शालिग्राम शिलाले पिटेको पानी “अमृत” (एक अमर बनाउने तरल) मा रूपान्तरण हुने र यसको नियमित प्रयोगले शरीर कुनै पनि किसिमको रोग र नकारात्मक पक्षको बास नहुने उल्लेख छ ।

कालीगण्डकी नदीले मानिसहरुको दैनिक जीवनसंगै उनीहरूको गर्भबाट लिएर चिहानसम्म महत्वपूर्ण रहेको नदी दोहनका कारण विश्वकै दुर्लभ शालिग्राम लोप हुने अवस्थामा पुगेको छ भने नदीले धारै परिवर्तन गर्दा बेनी बजार, मालढुङ्गा, सहस्रधारा, मोदीवेणी, सेतीवेणी, देवघाट लगायतका सम्पदा स्थल र बस्ती नदी कटान र दोहनले जोखिम बढेको छ । यसका कारणहरुमा जलवायु परिवर्तन, आधुनिकता, औद्योगिकीकरण, सहरीकरण, भूमण्डलीकरण, आर्थिक विकासका कारण नकरात्मक प्रभाव आदि रहेका छन ।

यसै गरी वातावरण संरक्षणसँगै बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश सरकारले असारदेखि भदौसम्म नदी उत्खनन रोक्नु पर्ने व्यवस्था गरे पनि त्यसको अवज्ञा भइरहेको छ । विशेषगरी क्रसर व्यवसायी र गिटी बालुवाका ठेकेदारहरुले निषेधित अवधिमा राता रात ठूलो परिमाणमा गिटी, बालुवा र ढुङ्गाको जथाभाबी उत्खनन र संकलन जारी राख्नुले कालीगण्डकी नदीको वातावरणीय संरक्षण हुन सकेको छैन । आधुनिक निमार्ण कार्य, औद्योगिकीकरण, सहरीकरण प्रक्रिया, ततीय क्षेत्रमा अनियोजित बसोबासका कारण नदीको दोहन बढ्दै गएको छ ।

कालीगण्डकी नदी सभ्यता मात्र होइन नदी जीवन हो । जीवन जोगाउन यस क्षेत्रका नागरिक र स्थानीय तह लाग्नुको बिकल्प पनि छैन। पानी मात्र पानी बहेको रुपमा लिनु किमार्थ सत्य हुदैन । यही नदी बगेकोले आज कालीगण्डकी नदीका दायाँबायाँ भागमा चापाकल (बोरिङ्ग) चलेका छन् । नदीको सतह माथी हुदा खोला बहेका छन् । नदीको पानी सुक्ने बित्तिकै इनार,चापाकलको अहिलेको सतहबाट पानी आउदैन नै, साथै खोला खोल्सामा पानी सुक्ने छ ।

यसले यो भेगमा सुख्खापना शुरु हुनेछ । केही भएको पानी गहिरो खोल्साबाट भित्र भित्रै सोस्नेछ जसले गर्दा बन जङ्गलमा चिसोपना कम हुदा जङ्गल मरुभुमी जस्तो उजाड बन्नेछ भने अहिले तपाईं हामीले फलाएका अन्नपात तरकारी उब्जनी बिस्तारै जग्गा सुख्खापनाले उत्पादन हुन छोड्नेछ ।

त्यसो त नदी प्रदूषण र दोहन रोकेर सभ्यता, कला र संस्कृति बचाउन संरक्षण अभियान थालिएको पनि बर्षौं नभएको होइन यद्यपि यो अभियानमा कालीगण्डकी आसपासका सबै जातजाति, धर्म र संस्कृतिको संरक्षणमा अपनत्व नहुँदा र दोहन नरोकिदा अपेक्षित सफलता हात पर्न सकेको छैन । अब कालीगण्डकी सभ्यता जोगाउन र वातावरणीय सफाइ गर्न स्थानीय तहको अगुवाइमा जनस्तरबाट काम गरिनु पर्दछ ।

कालीगण्डकी सभ्यताको थप अध्ययन अनुसन्धानसँगै अबिलम्ब कालीगण्डकी सभ्यता संरक्षण प्राधिकरण गठन गरी काम अगाडि बढाउन र वर्तमान दोहन रोक्ने परिणाममुखी काम गर्न धेरै ढिला भइसकेको छ । नदी संरक्षणका लागि उत्खनन मात्र रोकेर पुग्दैन विभिन्न स्थानमा ढल मिसाएकोले नदी प्रदूषित बन्दा जलचर मर्ने खतरा छ ।

सेतीबेणी रहेको कालीगण्डकी ए जलविद्युत् आयोजनाको तालमा मरेका माछाहरु भेटिनु, संसारकै गहिरो गर्जर गल्छीको रुपमा कहलिएको यस नदी तटिय क्षेत्रमा वर्षेनी लाग्ने डढेलोले यस क्षेत्रका दुर्लभ वन, वनस्पति र जलचरर थलचरको जीवन र वास्स्थानमा ठूलो असर र संकट निम्त्याएको छ । यस विषयमा थुप्रै अध्ययन अनुसन्धान गर्नु पर्ने आवश्यक छ । हिन्दू परम्पराअनुसार विशेष तिथि तथा पर्वमा कालीगण्डकीमा स्नान गर्ने चलन भएपनि नदी सफा राख्नुपर्नेमा काम अपेक्षित रुपमा हुन सकेको छैन ।

कालीगण्डकीको दोहन एक जिल्ला र ठाउँमामात्र सिमित छैन । कालीगण्डकी तटीय क्षेत्रका अधिकांश क्षेत्रमा बर्षेनि दोहन रोकिएको छैन । दोहन रोक्न आबाज उठी रहने र रोक्नका लागि प्रतिबद्घता जाहेर गर्ने तर पुनः निरन्तरता दिने कार्य जारी रहेको पाइन्छ । यस अघि पनि पटक पटक एकातिर कालीगण्डकी जोगाउनुपर्छ, पर्यावरण बचाउनुपर्छ भन्ने अर्कोतिर क्रसर उद्योगीलाई नीति विपरीत ह्युम पाइप राखी नदीजन्य पदार्थ निकाल्नको लागि अनुमति दिने दोहोरो चरित्र देखाएको थियो ।

कानूनी हिसाबले नदीमा एक्जाभेटर र ह्युम पाइपको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने र नदीले बगाएर ल्याएको पदार्थ १ देखि ३ मिटरसम्मको उत्खनन गर्न पाइने नीति भएता अबैध रुपमा ५० औं मिटर गहिरोसम्म खाडल बनाएर नदी किनारमा सवारी साधनको प्रयोग गरी नदीजन्य पदार्थ निकाल्नुले रक्षक नै भक्षक बन्दै दोहन गरेको देखिन्छ । यसैगरी क्रसर व्यवसायीलाई नदीबाट एक्साभेटर र ह्युम पाइपको प्रयोग गरी नदीजन्य पदार्थ निकाल्नको स्वीकृत दिएको छ ।

कालीगण्डकी नदी सभ्यताको जननी मात्रै होइन, जीवन पनि हो । यसै नदीको नामबाट गण्डकी प्रदेशुको नामकरण हुनु गण्डकी प्रदेशबासीका लागि सभ्यता र संस्कृति माथिको गर्व पनि हो । यति मात्र नभएर कालीगण्डकी नदी संघीय संरचनामा गण्डकी र लुम्बिनी प्रदेशको धरोहर हो । झण्डै दुई दशक अघिदेखि यस नदीमा र्‍याफ्टिङ सञ्चालनमा छ । पर्यटकीय र धार्मिक हिसाबले कालीगण्डकी धौलागिरि, लुम्बिनी, कास्की,  तनहूँ, पाल्पा, स्याङ्जा, नवलपरासी (देवघाट) पर्यटकीय हव बन्न सक्छ । कालीगण्डकी जोगिए मात्र गण्डकी प्रदेश हाम्रो सभ्यता, संस्कृति, पर्यटन र सम्वृद्धिको आधार बन्छ ।

अहिले यहीँ नदी (विगत केही वर्षदेखि) दोहनको चरम चपेटामा परेको छ । हाम्रो सभ्यता र संस्कृतिले दिनन्दिन ठूलो संकट झेलिरहेको छ । कालीगण्डकीको पवित्र जल दिन प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीको जलमात्रा पनि दिन प्रतिदिन घट्दो छ । दामोदरकुण्ड मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । बर्खायामको तीन महिना मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने भए पनि अहिले दैनिक डोजर चलाएर बिना टेण्डर अवैध नदी उत्खनन कार्य जारी छ ।

नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छ्न । दाहसँस्कारका लागि नदी तटमा ल्याईने शवहरुको उचित व्यवस्थापन नहुँदा नदी नै दुर्गन्धित एवं प्रदुषित बन्न पुगेको छ । नदी किनारका ढुंगा र बालुवा उत्खनन गर्दा कालीको आँत, गर्त नै छेदन गर्ने गरी डोजरको प्रयोगबाट दायाँ र बायाँका किनारी आधार (सुरक्षा कवच) ढुंगा, गिट्टी, वालुवा, माटो, चट्टान आदिको अवैध निकासीले कालीगण्डकी छियाछिया बनेको छ, गहिरिदै गएको छ ।

फलत: नदी अनियन्त्रित र असन्तुलित छ । यसकै परिणाम हामी अहिले विभिन्न खालका अप्रिय समाचारहरू सुन्दै, पढ्दै र भोग्दै आएका छौँ । यसरी हाम्रो सभ्यताको प्रतिक मानिने जप, तप, ध्यान, ग्यान, स्नान, घाटस्थल नदी सभ्यतामाथि चारैतिरबाट आक्रमण भैरहेको छ । तर, स्थानीय सरकारदेखि प्रहरी, प्रशासनको भुमिका रहस्यमय देखिन्छ । आम नागरिकले दैनिक छरपष्ट देखिरहेको उत्खननमा किन सरोकारवालाको नजर पुग्दैन ? या देखे पनि नदेखे जस्तो गर्ने नियति किन पटक पटक दोहोरिरहेको हुन्छ ?

हामीलाई स्वरुप बिग्रेको कालीगण्डकी हेर्नु वा देख्नु छैन । यी बगरभरि चरिरहेका अवैध ट्याक्टर, टिपर र क्रसर उधोगहरू किन देख्दैन रु प्रहरी र प्रशासन कुन साँठगाँठमा हुन्छन रु स्थानीय तहमा बोली दिने को हो रु जवाफदेही हुनुपर्ने को हो ?  यो आर्तनाद बुझ्ने कस्ले हो ? यी बहुल प्रश्नमा किन अनुत्तरित छौं हामी ? आखिर किन ?
 

कालीगण्डकी नदी संघीय संरचनामा गण्डकी र लुम्बिनी प्रदेशको धरोहर हो । झण्डै दुई दशक अघिदेखि यस नदीमा र्‍याफ्टिङ सञ्चालनमा छ । पर्यटकीय र धार्मिक हिसाबले कालीगण्डकी धौलागिरि, लुम्बिनी, कास्की,  तनहूँ, पाल्पा, स्याङ्जा, नवलपरासी(देवघाट पर्यटकीय हव बन्न सक्छ । कालीगण्डकी जोगिए मात्र गण्डकी प्रदेश हाम्रो सभ्यता, संस्कृति, पर्यटन र सम्वृद्धिको आधार बन्छ । अन्यथा नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामी अहिले पनि क्रमशः देखिरहेकै छौँ । तसर्थ, कालीगण्डकी नदीको बैज्ञानिक र व्यवस्थित उपयोग सँगै नदी सभ्यता जोगाउन एकसाथ हुनुको विकल्प छैन ।

देशमा विधिको शासन स्थापना गर्ने अभियान अन्तर्गत ढुंगा, गिटी र बालुवा जस्ता प्राकृतिक साधन स्रोतहरुले स्थानीय रुपमा डनहरुलाई जन्माउँदै जाने प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यालयहरुको मिलेमोतोमा अवैध ढंगबाट हुने उत्खननमा हाम्रो चासो हो ।

यस बिषयलाई थप विवादित बनाउँदै जाने भन्दा पनि कानूनसंमत ढंगबाट देशको कानूनले र नागरिक तहबाट बनाइएको वातावरणीय प्रभाव मुल्यांकन कार्यदल र उसले त्यार गरेको प्रतिवेदनले तोक्ने परिधि भित्र रहेर हाते औजारको सहयताले ढुंगा, गिटी र बालुवाको उत्खनन र वितरण हुनुपर्छ । यसलाई राज्यले प्राधिकरण खडागरि डिपो सिस्ट्ममा यसको समुचित उपयोग र वितरण हुनुपर्छ । ताकि नागरिकले सजिलो र सस्तोमा निर्माण वस्तु खरिद गर्न पाउन । कालीगण्डकी नदी जलाधार क्षेत्रमा लुम्विनी र गण्डकी प्रदेशका १० जिल्ला र ३२ वटा पालिका प्रत्यक्ष जोडिएका छ्न । र २८ देखि तीस लाख मानिस यहाँ बसोबास गर्छ्न । यहाँ उनीहरूको बाँच्न पाउने जीवनको कुरा सबैभन्दा ठूलो छ ।

बागलुङ, पर्वत र म्याग्दी जिल्लाका प्रमुख राजनीतिक दलको नेतृत्व पंक्ति एवं यस क्षेत्रबाट प्रदेश एवं संघमा प्रतिनिधित्व गर्नुहुने माननीयहरुबाट पनि यो बिषयलाई व्यवस्थित गर्न प्रष्ट कदम चाल्नुपर्छ । नेपाल सरकारले पनि कालिगण्डकी नदी क्षेत्रको ढुंगा, गिटी र वालुवा उत्खननको बिषयमा देखिएका समस्याहरुलाई समाधान गर्न समयमा नै कदम चाल्नु आवश्यक छ ।

ढुङ्गा , गिटि र बालुवा उत्खनन गर्दा जिल्ला समन्वय समितिले ठेक्का टेण्डर आव्हान गर्ने संयन्त्र हो । त्यो  ठेक्का आव्हान गर्दा ठेक्का लिने ठेकेदारले ०.७५ मिटर मात्र गहिराई सम्म खन्न पाउनु पर्नेमा ६ मिटर सम्म खन्दा पनि प्रशासन मौन बस्दछ । जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यालयले कालीगण्डकीमा बालुवा निकाल्नका लागी ठेक्कमा लगाइएको स्थानमा कसरी कालीगण्डकी उत्खनन् गरिएको छ हेर्नुपर्नेमा यी ३ वटा संस्थाको सामाञ्जस्यता छैन । नदीजन्य पर्दाथको उत्खनन गरेर आउने कर स्थानीय निकाय र प्रदेश सरकारलाई जान्छ ।

तर, स्थानीय सरकार र प्रदेश सरकाले कुन ठाउमा नदीजन्य पदार्थको उत्खनन गरेका छन् । ति स्थानको आइइई पनि गरेका छैनन् । स्थानको आइइई पनि गरेका छैनन् । आइइई बमोजिम ठेकेदारले काम नगर्दा पनि अनुगमन गरेका छैनन् । र उत्खनन गरेको पदार्थको कर पनि पारदर्शी रुपमा खातामा राखिएको छैन ।

“नेपालको संविधान २०७३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ को उपदफा २ मा गाउँपालिका तथा नगरपालिकाले सार्वजनिक तथा सामुदायिक सम्पति बेचबिखन गर्न वा अरु कुनै व्यहोराले हक हस्तान्तरण गर्न वा लिजमा दिन पाउने छैन भन्ने व्यवस्था छ ।” संविधान र प्रचलित कानुन समेत उलङ्घन गर्दै यी योजनाहरु अगाडी बढाइरहेका छन् ।’

असार र साउनमा नदीजन्य पदार्थको उत्खनन् गर्न नपाउने कानुनमा लेखिएको छ । यो दुई महिनाको समय भनेको शुन्य समय हो । तर, शुन्य समयमा कालीगण्डकीमा बिना टेण्डर, बिना कर, बिना अनुमति दिन रात नभनी कालीगण्डकी दोहन गर्नेलाई स्थानीय सरकारको अनुगम छैन भने स्थानीय सरकारले किन गरेको छैन भन्ने प्रश्न हामीले गरिरहेका छौ । कि उहाँहरु दबाब प्रभावमा पर्नुभएको छ । होइन भने उहाँहरुले गर्नुपर्ने ड्युटी नगर्नु भनेको त्यसको पछाडी केही कारण छ भन्ने कुरा बुझिन्छ । हामीले उहाँहरु प्रलोभन, दबाब र प्रभावमा परेर अनुगमम गर्नु भएको छैन भन्ने कुरा बुझेका छौ ।

यो भनेको उहाँहरुको गैरजिम्मेवारी कार्य हो । र नेपाल सरकारले नदीजन्य पर्दाथको शुन्य अवधिमा कुनै पनि स्थानमा उत्खनन गर्न नपाउने भनिए पनि कालीगण्डकी उत्खनन भइराखेको देखेर पनि मौन बस्नु भनेको स्थानीय प्रसाशनको कमजोरी र लाचारपना हो ।

कालीगण्डकी नदीमाथिको गैरकानुनी दोहन प्रकृतिमाथिको ठाडो हस्तक्षेप हो । कोही व्यक्तिको व्यक्तिगत स्वार्थ र फाइदाका लागि यो विशिष्ट सम्पदा नासिनु कसैलाई पनि स्वीकार्य छैन । यो हाम्रो मानव सभ्यता माथिको आक्रमण हो । यस्तै स्थिति भइरहने हो भने कालीगण्डकीको अस्तित्व अबको केही वर्षमा समाप्त हुने छ । कोही पनि मूकदर्शक बस्नुहुदैन। यो सभ्यताको लडाइँमा सबै जुट्नुपर्छ । आवाज चौतर्फी बुलन्द गराउनुपर्छ ।

हजुर हामी घर घरमा थुनिएर बसिरहँदा हाम्रो आदिम सभ्यता, ऐतिहासिकता र पौराणिक प्रमाणको उत्कृष्ट उदाहरणको रूपमा रहेको कालीगण्डकी नदीको अस्तित्व नै समाप्त पार्ने खेल सुरु भएको छ। यदि सरकारले थालेको यो काम पूरा भयो भने हामी त्यस उपरान्त देवघाट जानु वा कालीगण्डकी जानुको औचित्य नै सकिनेछ।। भगवान शालीग्रामको यो विश्वभरीमै एक मात्र जननी गण्डकी नदी हुन्। त्यसलाई मास्दा धार्मिक पर्यटन तथा हाम्रो आस्थामा कत्रो चोट पुग्नेछ भन्ने हेक्का सरकारले राख्नुपर्दैन ? कालीगण्डकी नदीलाई मोडेर, पहाड फोडेर तिनाउमा पुर्याउने सोच सरकारले राखेको छ। जुन सरासर नागरिकको बाँच्न पाउने अधिकार माथिको अन्याय हो।

यसै त बाढी पहिरोको प्रकोपले थलिएको देश,अझै प्रकोपको भूमरीमा हामी कति बस्ने ? सामान्य बाढी पनि थेग्न गारो पर्ने तिनाउले गण्डकीको पानी र बाढी कसरी थेग्ला ? सिचाँइकालागि मात्रै हो भने त अहिले छुट्याइएको लगानीले धेरै ठूलो जमीनकालागि वैकल्पिक सिचाँइका स्रोतमा लगानी गर्न सकिन्छ। यो कुरा भू-वैज्ञानिकहरूले, सन्तमहापुरूषले तथा धेरै समाजसेवीले जानकारी गराउँदा पनि किन सरकारले नसुनेको होला। विदेशमा नदी बेच्ने अर्को षड्यन्त्र त होइन कतै यो ?  सम्बद्ध सबैको ध्यान जानुपर्छ।। सचेत नागरिकका हैसियतले सरकारलाई खबरदारी गर्नुपर्दछ ।

प्राकृतिक स्रोतहरु ढुङ्गा, गिट्टि, बालुवा उत्खनन्, संकलन र बिक्री बितरण गर्नको लागि ठेक्कापट्टा दिनु प्रकृति माथि कै दोहन हो ।भूगोलविदहरुको भनाई अनुसार जलाधार क्षेत्रको भू–बनोट खुकुलो छ । पौराणिक कालदेखि नै धार्मिक एवं सांस्कृतिक महत्वको क्षेत्र हो । सभ्यताको प्रारम्भिक चरण देखि नै यस घाटमा विभिन्न सामाजिक संस्कारका कार्यहरु हुँदै आएका छन्

कालीगण्डकी नदीको अवैध उत्खननलाई रोक्नका लागी जिल्ला समन्वय समितिले कालीगण्डकी उत्खननमा प्रयोग गरिएका एक्साभेटरलाई सिल गर्नु पर्दछ । गैरकानुनी रुपमा उत्खनन गर्ने ठेकेदारलाई कानुन बमोजीम कारबाही गर्नु पर्दछ । र उत्खनन् गरेर बगरमा थुपारिएका बालुवालाई कति घनमिटर बालुवा निकालिएको छ भनेर छानबिन गर्ने र ति बालुवालाई सरकारको नियम अनुसार कर तिराएर बिक्री गर्नु पर्दछ ।

कालिगण्डकी नदीको पर्वत सहस्रधारादेखि अर्मादी नयाँपुलसम्मको करिब २ किलोमिटर क्षेत्र व्यक्तिको नाममा दर्ता भएको २०७२ सालमै खुलेको हो । तत्कालिन जिल्ला नापी अधिकृत पूर्णहरि सुबेदीसहितको अनुगमन समितिले कालीगण्डकी नदी क्षेत्र व्यक्तिको नाममा दर्ता गरिएको प्रतिवेदन नै तत्कालिन जिल्ला प्रसासन कार्यालय र जिल्ला विकास समितिमा बुझाएको थियो । तर अहिलेसम्म त्यो प्रतिवेदन सार्वजनिक समेत गरिएको छैन ।

पवित्र तीर्थस्थल कालीगण्डकी नदी नै व्यक्तिको नाममा दर्ता गरिएको प्रतिवेदन तयार भएको पाँच बर्ष भैसक्यो । तर अहिलेसम्म सार्वजनिक नगरिनु र कारवाही प्रकृयामा जनप्रतिनिधी र कर्मचारी नै बेखबर जस्तै हुनुले थप आशंका उब्जेको छ । त्यसैले तत्काल प्रतिवेदन सार्वजनिक गरि कालीगण्डकी नदी कब्जा गर्नेहरुलाई कानूनी दायरामा ल्याउनु आवश्यक छ ।

नदीको दोहन अवैध रूपमा हुदै आएपनि कानुनी व्यबस्था अनुरुप क्रसर उद्योग, रोडा, गिटी र बालुवा खानी संचालन गर्न नपाउने गरी वातावरण संरक्षण ऐन २०५३, नियमावली २०५४, खानी तथा खनिज पदार्थ ऐन २०४२, जलस्रोत ऐन २०४९, वन ऐन २०४९, राष्ट्रिय निकुन्ज तथा वन्यजन्त संरक्षण ऐन २०२९ समेतले स्पष्ट व्यवस्था गरेको भएता पनि कालीगण्डकी नदी भित्रै स्क्साभेटर प्रयोग गरेर दोहनमा कुनै कमि भएको छैन । धेरैजसो स्थानीय तहले मनसुन सुरु भएपछि नदीको सतह बढेकोले नदीजन्य वस्तुको उत्खननमा रोक लगाएका छन् ।

गण्डकी सभ्यताको एउटा विशाल खण्डमा जैविक विविधतामा संकट निम्त्याउने, विभिन्न समुदायको जीविकोपार्जन र संस्कृतिमा गम्भीर असर पार्ने र ठूलो भूभागमा जल संकट निम्त्याउने गरी नेपाल सरकारले ‘कालीगण्डकी डाइभर्सन’ परियोजना अगाडि बढाएकोमा हाम्रो गभ्मीर ध्यानाकर्षण भएको छ। सिङ्गो गण्डकी प्रदेश, प्रस्तावित परियोजना र तल्लो तटका स्थानीय तह तथा बासिन्दाले विरोध जनाइरहँदा नेपाल सरकारका अर्थ एवम् ऊर्जा तथा सिँचाइ मन्त्री विष्णु पौडेलको ढिपीका कारण विनाशकारी परियोजना अगाडि बढाइनु चिन्ताजनक छ।

उक्त आयोजना राजनीतिक स्वार्थ र राष्ट्रघाती आयोजना हो भन्ने विश्लेषकहरुको तर्क छ । नेपथ्यभित्र र बाहिर जे जे होस्, कथित आयोजनाले समस्त गण्डकी प्रदेशका जनताको आस्थामा ठूलो चोट पु¥याएको छ । नेपालको मात्र नभएर विश्वकै आकर्षणको विषय बनेको र सिंगो मानव सभ्यताको प्रतिनिधित्व गर्ने प्राचीन नदीको मूलधारलाई अप्राकृतिक तबरले बङग््याउनु भनेको प्रकृतिको नियम विपरीत चल्नु हो । सनातन गुरुकुल सभ्यतामाथिको आक्रमण हो । हामी हाम्रै गौरवमय इतिहासलाई बिर्सिएर कृतघ्न हुनु हो । अझै भनौं यस क्षेत्रको जनजीवनलाई प्राणहीन तुल्याउनु हो ।

यस आयोजनाबाट जैविक विविधताको नाश (पर्याप्त पानी र नैसर्गिक वातावरणको अभावमा जलचर स्थलचर प्राणीहरुको लोप हुने सम्भावना) तटीय क्षेत्रका ऊर्वर फाँटहरु मरुभूमि बन्ने, धार्मिक तथा अन्य पर्यटकहरुमा विकर्षण पैदा हुने, पर्यावरणको सन्तुलन बिग्रने, तटीय क्षेत्रमा रहेको कल्पबास संस्कृति हराउने, विश्वकै आकर्षण र खोजको विषय बनेको शालग्रामको अस्तित्व मेटिने, तटवर्ती सम्पदाहरु संकटमा पर्ने, पर्यावरण खल्बलिने जस्ता दूरगामी असरहरु पर्ने निश्चित छ, गण्डकी प्रदेशको पहिचान नै गुम्ने खतरा छ ।

यही वस्तुसत्यलाई मध्य नजर गरी मिति २०७८÷३÷१४ गते गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा सम्पन्न विभिन्न संघ, संस्था, नागरिक समाजसहितको सर्वदलीय, सर्वपक्षीय बैठकद्वारा उक्त योजना सदाका लागि रोक्न भएको प्रतिबद्धता र निर्णयले आशा जगाएको थियो । तर अहिले फेरि चलखेल भैरहेको छ । यस योजनालाई रद्ध गराउन र गण्डकी सम्पदालाई जोगाउन आआफ्ना स्वार्थबाट माथि उठेर नागरिक स्तरबाट अतिक्रमणलाई रोक्न प्रभावकारी कदम चाल्नुपर्छ । फेरि अहिले कुरा उठेको छ जलाशय युक्त बाँध २ सय साठी केभी र उपल्लो कालीगण्डकी जलविधुत आयोजनाको । यसका विरुध्द पनि हामी सबै लाग्नुपर्ने छ । हिमालयको नदीलाई बाँध बाध्ने हाम्रा शासकको कत्रो हिम्मत ?

खतरामा वातावरण संरक्षण र जलवायु परिवर्तनका मुद्दामा बोल्नेहरू व्यक्तिगतस्तरमा उत्रेर निम्नस्तरको गाली गलौज, भद्दा शारीरिक टिप्पणी, यौनिकतामाथि निकृष्ट ठट्टाहरु दिनानुदिन सामान्य हुँदै गएका छन् । ती क्रियाकलापहरूलाई बढावा दिनको लागि उद्योगधन्धा मात्र नभई सरकारी संयन्त्र, धार्मिक सङ्घ संस्था र राजनैतिक पार्टीहरुले समेत कस्सिएर लागेका छन् ।

सदियौंदेखिको जनजीवनसँग, धर्मसंस्कृतिसँग, पर्यावरणसँग अन्योन्याश्रित सम्बन्ध राख्ने कालीगण्डकीको प्राकृतस्वरुपलाई कुनै पनि पक्षबाट जोगाउनुपर्छ । यस नदीको सदुपयोग र संरक्षणका विविध आयामहरुमा आधार तहका जनतालाई अविलम्ब सुसूचित गर्नुपर्छ । गण्डकी प्रदेशका समस्त जनसमुदाय समवेत स्वरुपमा अगाडि बढ्नुपर्दछ ।

भारतीय शासकको स्वार्थ अनुरूप संघीय शासन प्रणालीको भावना, मूल्य र मान्यता विपरीत गण्डकी प्रदेश र यस जलाधार क्षेत्र (राम्दीदेखि देवघाटसम्म) का लाखौंलाख बासिन्दा तथा विश्वकै प्रचीन मानव सभ्यताको भावनाविपरीत दीर्घकालीन महत्वको यस आयोजनाको काम सुरु गर्न स्थापना गरिएको कार्यालयको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलद्वारा मिति २०७८-०३-१२ का दिन भएक‍‍ो खबरले गण्डकी प्रदेशवासी मात्र होइन, लुम्बिनी र बागमती प्रदेशअन्तर्गतका कालीगण्डकी र नारायणी नदीका जलाधार क्षेत्रका सबै बासिन्दालाई नराम्ररी झस्काएको थियो र छ ।

प्राकृतिक रुपमा बगिरहेको नदी डाइभर्सन गर्दा त्यसले तल्लो तटीय जलाधार क्षेत्रका मानव समुदाय र जैविक विविधताका क्षेत्रमा  ठूलो वातावरणीय चुनौती पैदा गर्नेछ । त्यसैले य‍‍ो परियोजनालाई अघि बढाउन सम्बन्धित जलाधार क्षेत्रका सबै बासिन्दा, जनप्रतिनिधि र  सरोकारवाला तथा यससँग सम्बन्धित सबै संघ-संस्थाका साथै गण्डकी प्रदेशसँग छलफल, समन्वय र सहमति नै नगरी एकतर्फी रूपमा नेपाल सरकारले जुन निर्णय गरेको छ, य‍‍ो निर्णय सर्वथा गलत  र  संघीयता विरोधी छ ।

यसले दुई प्रदेशबीचको मात्र होइन, सिङ्गो कालीगण्डकी र नारायणी नदीको जलाधार क्षेत्रका लाखौं लाख जनता र यसको सभ्यता विरूद्ध ठुलो द्वन्द्व निम्त्याउने काम गरेको छ । यसका साथै, यो आयोजना पर्यावरणीय र जैविक विविधताका हिसाबले पनि प्रकृति कै नियम विपरीत रहेको छ, यो परियोजना कार्यान्वयन भनेक‍‍ो एउटा ठूलो प्राकृतिक विपद्को सामना गर्नु सरह ह‍‍ो । यति मात्र होइन, यो आयोजना हालसम्म नेपाल पक्ष भई भए गरेका राष्ट्रिय-अन्तर्राष्ट्रिय सन्धि-सम्झौता समेत‍को विरूद्ध रहेको छ ।

मुस्ताङ मुक्तिनाथ तातोपानी हुँदै बहेकी कालीगण्डकी नदीको डाइभर्सन स्थलदेखि देवघाटसम्म राम्दी,उत्तरबाहिनी मालुङ्गा, हुगीघाट, सिद्दबाबा सिद्द्थान, भुजात, खोरियाघाट, खैरेनीबन, ज्याक्दीघाट, तातोपानी, गौशाला,रामघाट, बिश्वका वैष्णव धर्मावलम्बीको केन्द्रिय कार्यालय केलादी, टापुधाम, डेढगाउ अकलादेवी, घुमारीघाट बालीघाट, देवघाटजस्ता दर्जनौ मठ मन्दिर आस्थाका धरोहर छन् । नदी सुख्खा भए संगै यी धार्मिक तथा पर्यटकीय क्षेत्रको अबस्था के होला ?  यही नदी भएर न बेला मौका हरेक चाडपर्वमा स्नान गर्न जानेहरु धार्मिक आस्थाले पनि नैतिकवान बन्न प्रेरणा मिलेको छ । न नदी न मठ मन्दिरले अबका हाम्रा पुस्ता नैतिक,लगनशील र धैर्यता गुमाउन बेर कत्ती लाग्दैन ।

यो आयोजना बनेमा नदी तटका हजारौँ बासिन्दा विस्थापित हुनुपर्ने अवस्था छ । कालीगण्डकीको बहाव क्षेत्र पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्वका तटीय क्षेत्रमा गम्भीर संकट निम्त्याउनेछ। नदी पथान्तर गरिएको स्थलभन्दा तलको भूभागमा जमिनमुनिको पानीको भण्डारण घट्न जाने र सुक्खा हुने देखिन्छ। यसले उक्त क्षेत्रमा खानेपानी र सिंचाइलाई पूर्णरुपमा नकारात्मक असर पार्ने देखिन्छ।

अर्बौं लगानी गरेर एउटा विशाल सभ्यतामाथि प्रहार गर्ने, संस्कृतिमा नकारात्मक प्रभाव पुर्याउने, अल्पसंख्यकहरुको आर्थिक जीवन खोस्ने र संस्कृति मास्ने, जैविक विविधतामा संकट निम्त्याउने र तल्लो तटमा पानीको भण्डारण समाप्त पार्ने यस्तो परियोजना बनाउन उचित हुन्छ रु  हामी नेपाल सरकारलाई यो प्रश्नमा गम्भीर हुन आग्रह गर्छौं। 

यो परियोजनामार्फत जलविद्युत् उत्पादन गर्ने र रुपन्देही तथा कपिलवस्तुमा सिंचाइ पुर्याउने भनिएको छ। नदीको पथान्तरण नगरी उक्त परिणामको जलविद्युत् उत्पादन गर्न सकिने विज्ञहरुले सुझाव दिइरहेका छन्। यस्तै, रुपन्देही र कपिलवस्तुको खेतीयोग्य जमिनमा स-साना परियोजना र नहरबाट सिँचाइको व्यवस्था मिलाउन सकिने सुझाव उनीहरुको छ। जसले यी दुवै जिल्लाका किसानलाई छिटै सिँचाइ पनि पुर्याउँछ भने लागत पनि सयौं गुणा कम हुन जान्छ । कालीगण्डकीबाटै नहर निर्माण गरेर सिँचाइको व्यवस्था मिलाउन पनि सकिन्छ । यी तमाम विकल्प हुँदाहुँदै सरकारले एकोहोरो ‘कालीगण्डकी डाइभर्सन’को रटान लगाइरहेको छ। यसले संघ-प्रदेश तथा प्रदेश-प्रदेशबीच द्वन्द्व सिर्जना गर्ने खतरा बढेको छ

अर्थमन्त्रीज्यु, तपाईंले कालिमा लगाउनुभएको बक्रदृस्टि स्विकार्य छैन, हाम्रा ऐतिहासिक भुभाग सुख्खा बन्दरगाह बनाउने कार्यले तपाईंलाई र समग्र देशलाई नै फाइदा कदापी हुदैन।  भारतीयलाई खुशी बनाउने कार्य किमार्थ स्वीकार गर्न सकिदैन । यो झुट्को खेती न फुल्छ न फल्छ, सभ्यता, संस्कृति र जीवन बचाउन हामि लागेकै छौ र लाग्ने छौ, यो गल्ती सच्याउन हामी सबैले सामुहिक खबरदारी र संघर्षका कार्यक्रम सामूहिक नेपाल होस् या भारत या अमेरिकालगायत कुनै विकसित मुलुक नै किन नहोस्, वातावरण संरक्षण, जलवायु परिवर्तनका मुद्दामा बोल्नेहरुको विरुद्ध घृणित अभिव्यक्ति सामान्य भइसकेको छ । यो लगातार तीव्र गतिमा बढ्दै गइरहेको छ। वातावरण र जलवायु परिवर्तन जस्तो संवेदनशील मुद्दामा त्यसैको पक्षमा जायज र वैज्ञानिक आधारमा उठाइएका आवाजहरुका विरुद्धमा व्यक्तिगतस्तरमा उत्रेर निम्नस्तरको गाली गलौज, भद्दा शारीरिक टिप्पणी, यौनिकतामाथि निकृष्ट ठट्टाहरु दिनानुदिन सामान्य हुँदै गएका छन् ।

ती क्रियाकलापहरूलाई बढावा दिनको लागि उद्योगधन्धा मात्र नभई सरकारी संयन्त्र, धार्मिक सङ्घ संस्था र राजनैतिक पार्टीहरुले समेत कस्सिएर लागेका छन् । भारतको किसान आन्दोलनको पक्षमा ट्वीट गरेकी स्वीडेनकी किशोरी वातावरण अभियन्ता ग्रेटा थनवर्गको त्यही एक ट्वीटले भारतीय राजनीतिमा पूरै उथलपुथल भएको थियो । भारतमा भगवान् जस्तै पुजिने क्रिकेटर सचिन तेन्दुलकरदेखि स्वर साम्राज्ञी लता मङ्गेशकरलगायत धेरै सेलिब्रेटीहरुले एउटै भाषा अनि शब्द संयोजनमा भारतीय एकता र आन्तरिक मामिला भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।

थनवर्गको विरुद्धमा विदेश मन्त्रालयदेखि सबै संयन्त्रले अखण्ड भारत र सार्वभौमिकतामाथिको आक्रमण भन्दै कोकोहोलो मच्चाएका थिए। अझ प्रकृति पूजक भनेर चिनाउने हिन्दुवादी पार्टी भारतीय जनता पार्टीका समर्थक र कार्यकर्ताहरु त थनवर्ग पाकिस्तानी, कश्मीरी मुस्लिम भएको देखि उनलाई बलात्कार गरेर मार्नेसम्मको विषवमन गर्न भ्याए । यही पृष्ठ भूमिमा भारतीय वातावरण अभियन्ता दिशा रवि नामक युवती राष्ट्रद्रोहको आरोपमा गिरफ्तार भइन् । अहिले उनलाई जमानतमा रिहा गरिएको छ ।

दिशा रविको गिरफ्तारीको विरोधमा गरिएको प्रदर्शन: ग्रेटा थनवर्गले १५ कै उमेरदेखि स्वीडेनको संसदबाहिर धर्नादेखि विश्वभरि नै विद्यालय स्तरीय एक विरोध आन्दोलनको लहर ल्याएकी थिइन् । सन् २०१९ मा UN Climate Action Summit मा १६ वर्षे ग्रेटाले दिएको How dare you भन्ने सम्बोधन विश्व चर्चित भएपछि ग्रेटालाई होच्याउँदै तात्कालिक अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटसमेत गरेका थिए । त्यसपछि उनी विश्वभरि नै ट्रम्पवादीहरुको आँखाको कसिङ्गर बनेकी थिइन् ।

फिलिपिन्सकी वातावरण अभियन्ता रिनी करुनुँगनको पनि त्यस्तै अनुभव छ । उनलाई पनि सामाजिक सञ्जालदेखि बाहिरसमेत मोटी,भद्दा शरीर भएकी भन्नेदेखि लगातार बलात्कारको धम्की आउन थालेपछि देश नै छोड्न बाध्य भएको सुनाउँछिन् ।

अभियन्ता र पत्रकारमाथि मुद्दा, हत्याको मामिलामा सबैभन्दा अगाडि भारतको नाम आउँछ । पछिल्लो समय ४ जना पत्रकारको हत्या, ४ सांघातिक आक्रमण अनि ४ वटा मुद्दा प्रशासनमा दायर गरिएको छ । ती सबैमा बालुवा माफियाको हात रहेको छ । चीनको Fujian  मा भएको औद्योगिक फोहोरको बारेमा कभरेज गरेको भन्दै पत्रकार Zhou Chen लाई २०१८ मा प्रशासनबाट नै खुला धम्की दिइएको थियो ।

(लेखक स्वच्छ पर्यावरण अभियानका अभियन्ता हुन् ।) 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै