काठमाडौँ । मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयवागेश्वरीमा देखाइने नवदुर्गा नाच सम्पन्न भएको छ । भुवन मल्लको पालाबाट सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल नवमीमा पशुपतिमा आई मोक्षदा एकादशीका दिन नाच सम्पन्न गरी फर्कने चलन रहेको छ ।
नवदुर्गा, भैरव, गणेशलगायत देवीदेवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल पशुपति आउने मल्लकालदेखिको परम्परा छ । पैदल आउने क्रममा पुलबाट समेत नहिँडी नदीमा पैतालाले टेकेर तर्नुपर्ने चलन रहेको स्थानीय मुकुन्दराज वैद्यले जानकारी दिए ।
नवदुर्गाका गण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट आई सोही बाटो फर्कने गरेका छन् । दुई सय वर्षभन्दा पुरानो नवदुर्गा नाच देखाउने क्रममा नवदुर्गाका गण नवमी र दशमी गरी दुई रात जयवागेश्वरीस्थित नवदुर्गा डबलीअघिको हरिसिद्धि सत्तलमा बस्ने गर्छन् ।
जयवागेश्वरी ल्याएपछि देवीलाई जयवागेश्वरी युवा क्लब, जयवागेश्वरी भण्डार तहविल र पशुपति पशुपतिनाथ मन्दिर र राजाराजेश्वरीले बलिसहित पूजा गर्ने परम्परा छ । तान्त्रिक विधिमा आधारित नवदुर्गा नाचका क्रममा कसैले यस संस्कृतिलाई गिज्याउँदा दुष्परिणाम भोग्नु परेका उदाहरणसमेत रहेको स्थानीय बताउँछन् । नवदुर्गा नाच पशुपति क्षेत्रसँगै बनेपाको चण्डेश्वरी, टोखा चण्डेश्वरी, साङ्ला, ठिमीलगायत स्थानका देवी मन्दिरअघिसमेत लगेर देखाउने परम्परा छ ।
नाचका क्रममा नवदुर्गालाई पशुपतिनाथको मूल मन्दिर परिसरसमेतमा परिक्रमा गराउने विधि रहेको गणका सदस्य बुद्धिबहादुर वनमालाले सुनाए । जात्राका क्रममा तीन दिनसम्म जयवागेश्वरी मन्दिरअघिबाट सिफल जाने मार्ग बन्द गरेर नाच देखाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







