
काठमाडौँ । मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयवागेश्वरीमा देखाइने नवदुर्गा नाच सम्पन्न भएको छ । भुवन मल्लको पालाबाट सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल नवमीमा पशुपतिमा आई मोक्षदा एकादशीका दिन नाच सम्पन्न गरी फर्कने चलन रहेको छ ।
नवदुर्गा, भैरव, गणेशलगायत देवीदेवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल पशुपति आउने मल्लकालदेखिको परम्परा छ । पैदल आउने क्रममा पुलबाट समेत नहिँडी नदीमा पैतालाले टेकेर तर्नुपर्ने चलन रहेको स्थानीय मुकुन्दराज वैद्यले जानकारी दिए ।
नवदुर्गाका गण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट आई सोही बाटो फर्कने गरेका छन् । दुई सय वर्षभन्दा पुरानो नवदुर्गा नाच देखाउने क्रममा नवदुर्गाका गण नवमी र दशमी गरी दुई रात जयवागेश्वरीस्थित नवदुर्गा डबलीअघिको हरिसिद्धि सत्तलमा बस्ने गर्छन् ।
जयवागेश्वरी ल्याएपछि देवीलाई जयवागेश्वरी युवा क्लब, जयवागेश्वरी भण्डार तहविल र पशुपति पशुपतिनाथ मन्दिर र राजाराजेश्वरीले बलिसहित पूजा गर्ने परम्परा छ । तान्त्रिक विधिमा आधारित नवदुर्गा नाचका क्रममा कसैले यस संस्कृतिलाई गिज्याउँदा दुष्परिणाम भोग्नु परेका उदाहरणसमेत रहेको स्थानीय बताउँछन् । नवदुर्गा नाच पशुपति क्षेत्रसँगै बनेपाको चण्डेश्वरी, टोखा चण्डेश्वरी, साङ्ला, ठिमीलगायत स्थानका देवी मन्दिरअघिसमेत लगेर देखाउने परम्परा छ ।
नाचका क्रममा नवदुर्गालाई पशुपतिनाथको मूल मन्दिर परिसरसमेतमा परिक्रमा गराउने विधि रहेको गणका सदस्य बुद्धिबहादुर वनमालाले सुनाए । जात्राका क्रममा तीन दिनसम्म जयवागेश्वरी मन्दिरअघिबाट सिफल जाने मार्ग बन्द गरेर नाच देखाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लड्केश्वर धाममा २०८३ मा दोस्रो कोटिहोम
- ‘हज कार्यलाई व्यवस्थित बनाउन समयानुकूल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक’
- विद्युत नियमन आयोग र इमानबीच भेटवार्ता : दीर्घकालीन सहकार्यका विषयमा छलफल
- डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्झौता
- नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु : २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
- नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन