काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका सम्पदालाई पर्यटन सर्किटमार्फत जोड्ने बताएका छन् । प्रदेशलाई आर्थिक रूपमा बलियो बनाउने आधार पर्यटन क्षेत्र भएकोले यहाँका सम्पदालाई पर्यटनसँग जोड्ने योजना प्रदेश सरकारले अगाडि बढाएको मुख्यमन्त्रीको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशको लक्ष्य पूरा गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धनमा विशेष ध्यान दिएको दाबी गरे। बुटवल उपमहानगरपालिका–१२ मा रहेको ऐतिहासिक मुक्तिनाथधाम क्षेत्रको शनिबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले ऐतिहासिक महत्व बोकेका धाम तथा मठमन्दिरको संरक्षण, संवर्धन र विकासका लागि प्रदेश सरकारले योजना निर्माण गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाए।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश भ्रमणमा आउने भारतीय पर्यटकलाई लक्षित गरेर नेपाल–भारत सीमा नाकामा एकीकृत जाँचमार्फत सहज आवागमनका लागि प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको बताए । उनले भने, “विभिन्न स्थानमा हुने पटके जाँचलाई घटाउने र पर्यटनमैत्री बनाउने योजना पनि सरकारले बनाइरहेको छ । यो वर्ष ‘घुमौँ बर्दिया’ को अभियान पनि थाल्ने योजना रहेको छ ।” लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटबाट रोल्पाको रुन्टिगढी (होलेरी), पाल्पाको ख्याहा, दाङको देउखुरीको देवीकोट, अर्घाखाँचीको नरपानी र पश्चिम नवलपरासीको महलपोखरी क्षेत्रलाई पर्यटन प्रवर्धन गर्न हिल स्टेसनका रूपमा विकास गर्न आवश्यक रकमसमेत विनियोजन गरेको छ ।
मुख्यमन्त्री आचार्यले स्थानीय तहसमेतको समन्वय र सहकार्यमा प्राचीन स्मारक तथा पुरातात्त्विक एवं सांस्कृतिक सम्पदा, पर्यटकीय स्थलको संरक्षण, प्रवर्धन र अभिलेखीकरण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेकोसमेत बताए ।
त्यसै गरी प्युठानको स्वर्गद्वारी, गुल्मीको रेसुङ्गा अर्घाखाँचीको सुपादेउराली, दाङको पाण्डवेश्वर, बाँकेको बागेश्वरी र बर्फानीका बाबाधामलगायतका प्रदेशका महìवपूर्ण धार्मिक स्थलको संरक्षण र प्रवर्धन गर्ने लुम्बिनी प्रदेश सरकारको योजना छ ।
प्रदेश सरकारले कालीगण्डकी नदीको शालिग्रामको महिमा दर्शाउन रुरुक्षेत्रमा स्थानीय तहको सहकार्यमा शालिग्राम महोत्सव तथा पूर्वीय दर्शनका विज्ञको सन्त सम्मेलन आयोजना गरी रुरुक्षेत्रको धार्मिक पर्यटन प्रवर्धन गर्न चालु आवको बजेटमा रकमसमेत विनियोजन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





