काठमाडौ । सूचना प्रविधि कम्पनीको रुपमा स्थापित स्मार्ट दाई लिमिटेडले बजारमा आफ्नो सेवाग्राहीको सुबिधाको लागी एप ल्याएको छ । वि.स. २०८० सालमा स्मार्ट दाई लिमिटेडको स्थापना एक पव्लिक कम्पनीको रुपमा भएको हो । यस कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं ३ मा रहेको छ । स्थापनाको छोटो समयमै यसले स्मार्ट दाइ नामक एप्लिकेसन विकास गरेको छ ।
स्मार्ट दाई लिमिटेडले ल्याएको एप्लिकेसनको माध्यमवाट इलेक्ट्रिसियन सेवा, नेट्वर्किङ , कम्प्युटर, टिभि, वासिङमेसिन, फ्रिज, एसि लगायतका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्विब सेवा, सेफ्टीट्याबकी सफाई, रुफट्याब्क सफाई, फोटोग्राफि, भिडियोग्राफि सेवा, पेष्ट कन्ट्रोल, कर्पोरेट क्लिनिब लगायतका विभिन्न घरायसि तथा कर्पोरेट सेवाहरु सजिलै प्राप्त गर्न सकिन्छ । यस एप्लिकेसनले सेवाग्राही र सेवा प्रदायकलाई एक आपसमा जोड्ने सम्बन्ध सेतुको कार्य गर्नेछ ।
उक्त एप्लिकेसन प्लेस्टोर तथा एपस्टोरवाट सजिलै डाउनलोड गरी एन्ड्रोइड तथा आइओएस दुवैमा चलाउन सकिन्छ । साथै वेवसाइट खोली डेक्सटपवाट पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।
यस एप्लिकेसनको प्रयोगवाट विशेष गरी शहरीक्षेत्रमा यस्ता घरायसी र कर्पोरेट सेवा प्रदायकले ग्राहक नपाउने र सेवाग्राहीले सेवा प्रदायक नपाउने समस्या समाधान गरी सेवाप्रवाहलाई छिटो छरीतो वनाई प्रयोगकर्ताको मन जित्न सफल हुने कम्पनीको विस्वास छ । कम्पनीले मिति २०८१ साल भदौ २९ गते पानस ब्याक्वेट्स, बसुन्धरामा शेयर लगानीकर्ताहरुको भेलाविच यो एप्लिकेसनको शुरुवात गरेको छ । यस स्मार्टदाई एपलाई निरन्तर रुपमा परीमार्जन गरी प्रयोगकर्ता मैत्री र विस्वसनीय बनाउदै गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
- विपक्षी सांसदले दोहोर्याए प्रधानमन्त्रीको सीमा अभिव्यक्ति फिर्ताको माग
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र
- प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको भेट
- बालेन र रवि लामिछानेबीच बालुवाटारमा ४५ मिनेट भेटवार्ता
- प्रतिनिधिसभाको बैठक आज, चार विधेयक प्रस्तुत हुँदै
- साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि सुन्दरीजलमा भक्तजनको भीड
- आजको मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

ट्रेन्डिङ
खबरमुकाम







