कपिल ज्ञवाली
सिद्धार्थनगर- बुटवलमा पहिलो पटक मगर साहित्य महोत्सव हुने भएको छ । मगर समुदायको भाषा, साहित्य र इतिहासको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित महोत्सव हुने भएको हो ।
नेपाल मगर महिला सङ्घ रुपन्देहीको आयोजनामा आगामी मंसिर तेस्रो साता महोत्सव गर्नेगरी तयारी थालिएको आयोजकले बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
महोत्सवमा मगर भाषा र साहित्यको प्रवर्धनसँग सम्बन्धित कार्यक्रमसहित नेपालका विभिन्न जिल्लामा रहेका मगरको इतिहासको खोजी, विभिन्न क्षेत्रमा विशिष्टता र उत्कृष्टता हासिल गरेका मगर समुदायका व्यक्तिलाई सम्मान लगायतका कार्यक्रम हुने महोत्सवका प्रवक्ता शङ्कर गाहाले बताउछन ।
यस्तै, महोत्सवमा मातृभाषा कविता प्रतियोगिता अन्तर्गत खाम र काइकेमा लेखिएका कविता प्रतियोगिता, मगर समुदायले प्रयोग गरेका प्राचीन सामग्रीको प्रदर्शन, पुस्तक प्रदर्शनी, भेषभूषा र प्राचीन सामग्रीको प्रदर्शन, मौलिक नृत्यको प्रदर्शनी गरिने गाहाले जानकारी दिए ।
सोही अनुसार आदिकवि जितबहादुर सिंजाली मगर र रेखबहादुर सारु साहित्य पुरस्कार वितरण, गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार वितरण, मगर भाषा, साहित्यबारे विद्वत प्रवचन र विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वसँग संवाद तथा बहस (प्यानल डिस्कसन) लगायतका कार्यक्रम हुने आयोजक संस्थाका यम रानाले बताएका छन ।
महोत्सवमा पूर्व डीआईजी पार्वती थापा, नायिका मिरुना मगर, निर्देशक नवीन सुब्बा, महाबीर पुन, सगरमाथा आरोही दुबै खुट्टा काटिएका हरि बुढामगर, मगर कलाकारहरु सहभागी हुने मगर महिला सङ्घ रुपन्देही अध्यक्ष निर्मला थापाले बताउछिन ।
महोत्सव सम्पन्न गर्न एकसय एक जनाको मूल आयोेजक समिति गठन गरी तयारी थालिएको मगर महिला सङ्घ रुपन्देही अध्यक्ष निर्मला थापाले बताउछिन । पछिल्लो जनगणनाअनुसार नेपालमा २० लाख १३ हजारभन्दा बढी मगरको जनसंख्या छ ।
करिब २० लाख खर्च अनुमान गरिको महोत्सवका स्वदेशबाट १० लाख र विदेशमा रहेका मगर समुदायबाट १० लाख सहयोग सङ्कलन गरिने थापाले बताएकी छन ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







