संस्कृति जगेर्ना गर्न सङ्ग्रहालय निर्माण गर्दै धनकुटा नगरपालिका

कबिराज घिमिरे 

हिले । धनकुटा जिल्लामा मात्र बसोबास रहेको आठपहरिया जातिको सङ्ग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले निर्माण थालिएको उक्त सङ्ग्रहालयको काम अन्तिम चरणमा पुगेको हो  । 

धनकुटा नगरपालिका–४ स्थित बिहीबारे हटिया छेउमा आठपहरिया जातिको सङ्ग्रहालयका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ ।

धनकुटा नगरपालिकामा मात्र बसोवास रहेको आठपहरीया जातीको संस्कृति जगेर्नाका लागि धनकुटा नगर विकास समितिको तीन रोपनी क्षेत्रफलमा सङ्ग्रहालय निर्माण भइरहेको हो । आर्थिक वर्ष २०७८/०७९ मा सङ्घीय सरकारबाट ५० लाख र धनकुटा नगरपालिकाको दुई करोड आठ लाख रुपियाँको लागतमा भवन निर्माण गरिएको हो ।

                                                                                                                         

दुइ आर्थिक वर्षसम्म अधुरो रहेको काम नगरले समपूरक बजेट विनियोजन गरेर काम सुचारु गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउछन । आठपहरिया जातिको आफ्नै धर्म, संस्कृति, परम्परा छ ।

पुर्ख्यौली थातथलो छोडेर जान नहुने परम्परा रहेको आठपहरियामा जहाँ गए पनि धनकुटामा नै आएर धर्म संस्कृति मान्नुपर्ने प्रचलन छ । दुईतले सङ्ग्रहालयको एउटा हलसहित जम्मा १० वटा कोठ छन ।

सङ्ग्रहालयको छानो पुरानो शैलीमा फुसको लगाइएको छ । सङ्ग्रहालयमा आठपहरिया जातिको कला संस्कृति, भेषभूषा, भाषा, धर्म चिनाउने साथै पुरातात्विक महत्वका वस्तुहरु सङ्ग्रह गरिने किराँत आठपहरिया समाजका महासचिव कोमल किम्दाङ आठपहरियाले बताउछन ।

सीमान्तकृत आठपहरिया जातिको धनकुटा नगरपालिकाभित्र मात्रै बसोबास छ । आठपहरिया समुदायको जनसंख्या करिब दश हजार रहेको बताइन्छ । 

                                                                                                                           स्रोत: गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै