कवि तीर्थराजको' सारवत' मुक्तक सार्वजनिक

काठमाडौं । मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत'  सार्वजनिक भएको छ ।   दसौँ कृति लेखिसकेका अधिकारीलाई  प्रमुख अभ्यागत यादव खरेलले  अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै सम्मान गरेकोमा खुसी व्यक्त गरे ।

आफूले पुस्तक पढेको  भन्दै मुक्तकको सिद्धान्त अनुसार नै यो सङ्ग्रह रहेको खरेलको भनाइ छ । जीवन, जगत् र प्रकृतिको सेरोफेरोमा मानिसको हेर्ने, पर्गेल्ने र अभिव्यक्त गर्ने तरिकाले नै कुनै कृति उत्कृष्ट वा मामुली भन्ने ट्याग लागेको  भन्दै आभार व्यक्त गरे । 

समालोचक लक्ष्मण गौतमले कृतिबारे परिचर्चा गर्दै मुक्तकको बाढी आएकोमा असन्त समेत व्यक्त गरे । गौतमका अनुसार जसले लेख्ने पनि युग र परिवेश, समय र समाज हो । खाली फरक त पस्कने शैली मात्र हो । जता हेरे पनि असङ्गति देखिन्छ अनि त्यही कोर्छ त स्रष्टाले । उनले  पनि तिनै असङ्गतिलाई पोखेका छन् ।

 शृङ्गारिक मुक्तक पनि छन । यहाँ जबकि उहाँको वय आठ दशकको सङ्घारमा छ । प्रेमका अनेक सन्दर्भ छन यहाँ । कतिपय मुक्तक अत्यन्त भावपरक छन ।

जीवन र जगत् लाई मुक्तकले सतही ढङ्गले हेरेका छैनन बरू शाश्वत मूल्य बोक्छन तिनले । कलात्मक मूल्यका दृष्टिले मुक्तकहरू अब्बल छन् उनको कथन थियो । 

नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार तथा चर्चित मुक्तककार ज्ञानुवाकर पौडेलले मुक्तककार तीर्थराज अधिकारीप्रति आभार व्यक्त गर्दै आजकलका मुक्तककार हिँड्न नजान्ने उड्न खोज्ने गरेको जिकिर गर्दै नवोदितहरूप्रति व्यङ्ग्य गरे ।

विदेशमा साहित्यानुरागीहरू खुब रूचिका साथ साहित्यिक कार्यक्रममा सरिक हुने बताउँदै तीर्थराजले अमेरिकामा मुक्तक प्रचारप्रसार गरेकोमा सन्तोष व्यक्त गरे । 

अनेसास बोर्ड अफ ट्रस्टीका सल्लाहकार तथा मुक्तककार तीर्थराज अधिकारीले नेपाल मुक्तक प्रतिष्ठान र प्रमुख अतिथि यादव खरेललाई कार्यक्रमको सारा श्रेय दिए ।

आफ्नो कृति पढिदिन तमाम साहित्यकारहरूलाई आग्रह गर्दै उनले आफ्ना दुई मुक्तक वाचन गरे । अधिकारीलाई काव्य म्युजिक अवार्ड २०८०  हस्तान्तरण गरिएको थियो भने यादव खरेललाई मायाको चिनो अर्पण गरिएको थियो । 

कार्यक्रममा उपस्थित अभ्यागत, आमन्त्रित साहित्यकार एवम साहित्यानुरागीहरूलाई साहित्यकार तथा नेपाल मुक्तक प्रतिष्ठानका सदस्य दिव्य गिरीले स्वागत गरे ।

मुक्तककार यादव भट्टराईले सहजीकरण गरेको सो कार्यक्रमलाई प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति रामकाजी कोनेले बिट मार्दै सारा उपस्थित साहित्यकारहरूलाई मुक्तक रचना गर्न उत्प्रेरित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै