गोरखा धार्चेवासी युवायुवती चुड्का संरक्षणमा जुट्दै

सुलीकोट,  । स्थानीय संस्कृति संरक्षण, प्रवर्धन र पुस्तान्तरण गर्ने उद्देश्यले  धार्चेवासीले परम्परागत चुड्का नाच सुरु गरेका छन् । धार्चे तमू सेवा समाजको आयोजनामा गुरुङ समुदायको रीतिरिवाज, वेशभूषा र संस्कृति जोगाउन चुड्का नाच संरक्षण थालिएको हो । गुरुङ समुदायमा ज्येष्ठ नागरिकले मात्र चुड्का नाच्ने प्रचलन भए पनि त्यसलाई तोड्दै युवाले चुड्का नाचेर परम्परा जोगाउने अभियान सुरु गरेका हुन् ।

धार्चेका राज गोर्खालीका अनुसार ज्येष्ठ नागरिकको मृत्युसँगै परम्परा, संस्कृतिका मौलिक पक्ष लोप हुँदै जान थालेको अवस्था छ । त्यसैले मौलिक संस्कृति र परम्परा संरक्षणका लागि गुरुङ समुदायका युवा पुस्ता सक्रिय भएका हुन् । अहिले धार्चेका १२–१२ जना युवकयुवतीलाई पराम्परादेखि चल्दै आएको चुड्का, कौडा संस्कृति जर्गेनाका लागि प्रशिक्षणसमेत गर्ने गरिएको छ । बाजाको ताल, गीतको सुर, नृत्य, ताललगायत विषयमा युवालाई प्रशिक्षण दिने गरिएको छ । 

 

तमू समाजका अध्यक्ष सन्तबहादुर गुरुङले चुड्का कौडासम्बन्धी आधारभूत ज्ञानलाई धार्चे गाउँपालिकाका सबै ठाउँमा विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिएका छन  । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले गुरुङ संस्कृति र नाच सिक्न चाहनेलाई  गाउँपालिकाले बजेट व्यवस्था गरी सक्दो सहयोग गर्ने बताउछन ।  

                                                                                                                      स्रोत :  गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै