अनिल पराजुली
हेटौँडा - । हेटौँडामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती नदीमा मौसमी र्याफ्टिङ सेवा सुरु गरिएको हो । हेटौँडाको राप्ती पुलबाट मनहरी गाउँपालिकाको केन्द्र रजैयासम्म साहसिक खेल र्याफ्टिङको सेवा सुरु गरिएको हो ।
त्रिशूली नदीमा र्याफ्टिङको सेवा दिँदै आएको नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रा.लि.ले राप्तीखोलामा वर्षायाम केन्द्रित र्याफ्टिङ सेवा सुरु गरेको जनाएको छ । हिउँदयाममा राप्तीमा पानीको सतह कम भएपछि भने र्याफ्टिङका लागि उपयुक्त नहुने कम्पनीले जनाएको छ । र्याफ्टिङ सेवाको परीक्षण यात्रामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती सहित मकवानपुरका पत्रकारहरूले सहभागिता जनाएका थिए ।
स्थानीय पर्यटन र आर्थिक विकासको दृष्टिले र्याफ्टिङ खेल एक महत्त्वपूर्ण कदम मानिएको पालिका अध्यक्ष कालाखेतीले बताउछन । उनले मनहरीको विकासका लागि पर्यटनलाई पनि महत्त्वपूर्ण स्थान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसअघि त्रिशूली नदीमा मात्र उपलब्ध रहेको र्याफ्टिङको अनुभव अब हेटौँडामा पनि लिन पाइने भएको छ । विशेषज्ञहरूका अनुसार, यो सेवालाई व्यवस्थित गरी उचित लगानी गर्न सकिएमा स्थानीय नगरपालिका, प्रदेश सरकार र स्थानीय समुदायले राम्रो आम्दानीको स्रोत बन्न सक्ने छ । यो नयाँ पहलले हेटौँडाको पर्यटन क्षेत्रमा थप नयाँ आयाम थप्नुका साथै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुर्याउने आशा लिइएको छ ।
नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रालिका गाइड कटक गुरुङकाअनुसार राप्ती नदीको पानीको बहाव, सुरक्षा, र मनोरञ्जनका दृष्टिले र्याफ्टिङका लागि उत्तम रहेको छ । कम्पनीले हेटौँडाको राप्तीपुलदेखि मनहरी ज्यामिरेसम्मको ३ घण्टाको र्याफ्टिङ यात्राका लागि प्रति व्यक्ति नौ सय रुपियाँ शुल्क निर्धारण गरेको जनाएको छ । नयाँ पर्यटकीय गतिविधिले हेटौँडा र आसपासका क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई बढवा दिने अपेक्षा गरिएको छ ।
स्रोतः गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण


ट्रेन्डिङ
खबरमुकाम





