काठमाडौं । तीनकुने क्षेत्रको बागमती किनारमा वृक्षारोपण गरिएको छ । म्यान्मारबाट आएकी समाजसेवी तुलसी थापाबाट प्राप्त १५ वटा तेजपातको बिरुवा बागमती सफाइ महाअभियानको पाँच सय ८३औँ हप्ताको अवसरमा आज रोपिएको हो ।
अभियानकर्मी किशोरसिंह शाहीका अनुसार बागमती सफाइका अभियानकर्मीद्वारा पिपल, ओखर, सुन्तला, एभोकाडो र तेजपात गरी ५० भन्दाबढी पाँच फिट अग्ला बिरुवा वृक्षारोपण गरिएको हो । वर्षामा आउने बाढीले बागमतीमा जम्मा भएका फोहर बगाएर लैजाने गरेकाले वर्षायाम लागेपछि नदी क्षेत्र सफा देखिने गरेको छ ।
सफाइमा काठमाडौँ महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष हिरालाल तन्डुकार, नदी संरक्षण समितिका अध्यक्ष मेघ आले, वरिष्ठ कृषि विशेषज्ञ छवि पौडेललगायत अभियानकर्मीको सहभागिता थियो । नदी किनारमा भेटिएका नकुहिने फोहर काठमाडौँ महानगरपालिका, वातावरण विभागको गाडीले व्यवस्थापन गरेको छ ।
वि।सं।२०७० जेठ ५ गतेदेखि सुरु बागमती सफाइ अभियान अझै जारी छ । बागमती सफाइ महाअभियानबाट प्रभावित भई सहायक नदीमा पनि सफाइ अभियान सुरु गरिएको छ । चक्रपथका उत्तर पश्चिमी भेगमा सफाइ अभियान चलिरहेको छ । काठमाडौँ उपत्यका बाहिरका प्रमुख नदीमा सफाइ सुरु भएको छ ।
हाल देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । अर्को हप्ता बागमती सफाइ कोटेश्वर महादेव मन्दिरभन्दा तल बागमती पहेँलो पुल अर्थात् गणेश मन्दिर चोक क्षेत्रमा गरिने जानकारी समेत दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
- नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
- नेपाल टेलिकमले ल्यायो मनसुन अफर

ट्रेन्डिङ
खबरमुकाम







