संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको प्रथम तथा सर्वलोकप्रिय केवुलकार मानिन्छ । अष्ट्रियाको विश्वकै १ नं. कम्पनी डोपलमायर बाट आयातित मेशिनरीहरू बिना कुनै प्राविधिक समस्या अटुट रूपमा २६ औं वर्षमा संचालनमा आइरहेको कुरा सर्वविदितै छ ।
२६ वर्ष अगाडि जडित यो प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवुलकारको स्तरोन्नति गर्न लागिएको हो ।
हाम्रो प्रविधि एनालोगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर D.C. करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसलाई Doppelmayr को D-Connect System भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब AC करेन्टबाट चल्नेछ । पुरानो मोटर, Control System, Panel हरू सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेशन बीच जडित Communication Cable समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जस्को लम्बाई करीव ३२०० मिटरको हुनेछ ।
त्यस्तै (Main Haulge Cable) मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करीव ६५०० मिटरको हुनेछ ।
केवुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने Grip हरू, जस्को माध्यमबाट Gomdola तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकेका छौं ।
डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सक्छ । यस विषयमा हामी आदरणीय यात्रुहरूलाई समयभित्रमा नै सूचित गर्नेछौं ।
हाल गरिने मुख्य कार्यहरूः
१) मेन लठ्ठा (Main Haulage Cable) तार फेर्ने ।
२) Communication तार फेर्ने ।
३) Thyrestor Panel तथा Operation Panel फेरिने (Digital Control System) ।
४) सम्पूर्ण Wiring हरू फेरिने ।
५) DC main motor फेरि AC main motor drive राखिने ।
६) ३ वटा Tower Overhauling गरिने ।
७) अन्य अत्यावश्यक कार्यहरू गरिने ।
८) जनशक्ति तालिम On the job training गरिने ।
यस कार्य गरिंदा स्टेशन भवन, Tower हरू, Bullwheelतथा Bullwheel Grame र Gondola यथावत नै रहनेछ । तथापि २ वर्ष अगावै यसमा गर्नुपर्ने आवश्यक जाँच पडताल तथा अन्य Tower हरूको Overhauling डोपलमायरका प्राविधिकहरूले गरी मर्मत तथा फेरिनु पर्ने (मुख्यतया मेकानिकल सामान) कार्य गरिसकेको छ ।
डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै Software बाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै Online समाधान गर्न सकिने हुन्छ ।
स्तरोन्नति कार्यको लगानी करीव रू. ५० करोडको हुनेछ ।
केवुलकार तल्लो स्टेशनमा रहेको रेष्टुरेन्ट उक्त बन्द अवधिभर यथावत संचालन भई सेवा प्रदान गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद
- सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
- मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा

ट्रेन्डिङ
खबरमुकाम







