नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी 4G मोबाइल सेवा विस्तार गरेको छ ।
कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको हो ।
यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको 2G मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि 4G सेवा सञ्चालनमा ल्याईएको छ ।
समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत नेपाल टेलिकमको 4G मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद
- सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
- मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा

ट्रेन्डिङ
खबरमुकाम







