काठमाडौँ । ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा केही दिनको लागि रोकिएको छ ।
रथ तान्ने क्रममा निकै ढल्किएकाले ललितपुर गुठी संस्थानले केही दिनका लागि रथजात्रा रोकेर रथ मर्मत गर्ने जनाएको हो । हिजो रथ ओकुबहालबाट लगनखेलसम्म तान्ने क्रममा निकै ढल्किएकाले रथलाई थपाहितीसम्म मात्र तान्न सकिएको थियो ।
रथयात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तान्ने क्रममा नःटोलमा बिजुलीको पोलमा ठोकेसँगै रथ ढल्किन थालेको थियो ।
ललितपुर महानगरपालिका, गुठी संस्थान, बाराही, यंवा लगायतका रथजात्राका गुथियारहरुले रथको निरीक्षण गर्न लागेका छन् । रथ निरीक्षणपछि मात्र रथ मर्मतका लागि कति दिन लाग्छ भनेर भन्न सकिने रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
- रास्वपा महाधिवेशनको असरः प्रतिनिधिसभाको बैठक सर्यो
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका अन्तिम ३२ मा
- मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
- रास्वपा महाधिवेशनमा मतदान जारी
- आज केही भूभागमा वर्षा, तराईका केही क्षेत्रमा तातो लहरको सम्भावना
- अर्थमन्त्री डा. वाग्लेले उद्घाटन गरे नेपाल बैंकको अत्याधुनिक भवन



ट्रेन्डिङ
खबरमुकाम







