काठमाडौँ । काठमाडौँ महानगर अन्तर्गतका नौ विद्यालयका १९ समूहमा सञ्चालन भएको शिक्षामा सिप कार्यक्रम अन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम कार्यक्रममा विद्यार्थीबाट सिर्जित कलाकृतिको प्रदर्शनी आइतबार सम्पन्न भएको छ ।
काठमाडौँ महानगरपालिका शिक्षा विभागको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सो तालिम भएको हो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले कलालाई करियर तथा हविका रूपमा पनि लैजान सकिने बताइन्।
“विद्यार्थीले आफूसँग जे जे क्षमता छ, त्यसैबाट सुरु गर्ने भन्ने सन्देश यस कार्यक्रमले दिएको छ । एक विद्यार्थीले अर्कोबाट सिक्ने प्लेटफर्म पनि भएको छ । अर्कोपल्ट यो कार्यक्रम अझ कस्तो होला भनेर म झन् उत्साहित छु,” उनले भनिन् ।
उपप्रमुख डङ्गोलले प्रतिष्ठानसँग आगामी दिनमा कलासँग सम्बन्धित विविध कार्यमा महानगरपालिकाले सहकार्य गर्ने विश्वास पनि व्यक्त गरिन् ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले कलाले सबै क्षेत्रमा प्रभाव पार्ने भएकाले यसको छुट्टै महत्व भएको धारणा राखे । “हामीले काठमाडौँ महानगरपालिकासँग विभिन्न कार्यक्रममा सहकार्य गरेका छौँ र आगामी दिनमा गर्दै जाने छौँ । अहिले शिक्षामा सिप कार्यक्रम अन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ कार्यक्रमबाट विद्यालय र विद्यार्थीले हेर्ने दृष्टिकोण नै बदलिएको छ,” उनको भनाइ छ ।
समापन समारोहमा तालिममा सहभागी प्रशिक्षक, सहप्रशिक्षकलाई प्रशंसापत्र तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । वैशाख २८ गते सुरु भएको प्रदर्शनीमा विश्व निकेतन मावि, रत्नराज्य मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, सहिद शुक्र मावि, पद्मकन्या विद्याश्रम मावि र कोटेश्वर सरस्वती माविका विद्यार्थीले सिर्जना गरेका १२ सय चित्र तथा मूर्तिकला राखिएको थियो । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले पनि सो प्रदर्शनीको अवलोकन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







