नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम सम्पन्न भएको छ ।
स्वर्ण महोत्सवको उपलक्ष्यमा नेपाल–कोरिया मैत्री अभियान २०२४ अन्र्तगत नेपाली र कोरियाली आरोहीहरूबाट हालैमात्र जुगल हिमालको जुगल हिमाल १ र जुगल हिमाल २ आरोहण गरिएको थियो । चुचुरो मै पुग्न असफल भएपनि यो पटक ६ हजार २५० मिटरसम्म आरोहण भएको थियो । यो आरोहण नेपाल र छिमेकी राष्ट्र दक्षिण कोरिया विच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाल सरकारले २०७९ चैत्र २८ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) बैठकले आरोहणका लागि खुल्ला गरेको थियो ।
नेपाल पर्यटन बोर्ड र नेपाल स्थित कोरियन दूतावासको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले नेपाल–कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ (स्वर्ण महोत्सव) को उपलक्ष्यमा नेपाल सरकारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।
कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष भए पनि दुई देशबीच धार्मिक र सांस्कृतिक सम्बन्ध भने प्राचीन र ऐतिहासिक रहेको उल्लेख गर्दै उहाँले कोरियाको तर्फबाट प्रारम्भदेखि निरन्तर नेपालको समग्र अर्थतन्त्र, पूर्वाधार विकास,पर्यटन तथा रोजगारीलगायत विभिन्न क्षेत्रमा भएको पारस्परिक सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।
संघीय सांसद माधव सापकोटाले स्वर्ण महोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा नेपाल र कोरिया बीच रहीआएको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भयो ।
यस्तै नेपालका लागि कोरियाका राजदूत पार्क टी योङले नेपाल र कोरियाबीच लामो सम्बन्ध रहेको चर्चा गर्दै स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको यस अभियानले नेपालको हिमाली पर्यटनको थप विकास तथा प्रर्वद्धनका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापा, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद पाण्डे, कोरियन अल्पाइन फाउण्डेशनका अध्यक्ष डा. सोम जंग हो,कोरिया नेपाल फ्रन्डसीप एक्सपीडिसनका क्याप्टेन ऊ होङ गील लगायतले नेपाल कोरिया सम्बन्धका बारेमा बोल्नु भएको थियो । सो अवसरमा जुगल आरोहणमा सहभागी आरोहीहरुलाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







