आइएमई पेमार्फत् विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा ५०० रूपैयाँसम्म बोनस

आइएमई पे ले मनीग्राममार्फत् विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ।

फागुन १० गतेबाट सुरू भएको सो अफर दुई महिनासम्म रहने कम्पनीको भनाइ छ।

यस अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनीग्राम मार्फत् पठाएको रकम आइएमई पेमार्फत् प्राप्त गर्दा पाँच सय रूपैयाँ बोनस पाउन सक्नेछन्।

मनी ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत् पठाइएको रकम  आइएमई पे मार्फत प्राप्त गर्दा  पनि एक सय रूपैयाँ बोनस प्राप्त गर्न सकिने छ।

आइएमई पेमार्फत् संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै