काठमाडौं । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीको आठ करोड ५० लाख रुपैयाँभन्दा धेरै कर्जा दुरुपयोग मुद्दामा दोषी ठहर भएका काभ्रेको पनौतीका रामभक्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई आज काठमाडौंबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर उनले काभ्रे ब्रोइलर सप्लायर्स प्राइभेट फर्मका फर्जी कागजात तयार गरी आठ करोड पचास लाख रुपैयाँ कर्जा लिएका थिए । उनले कर्जाको दुरुपयोग गरेर क्यापिटल मर्चेन्ट तथा फाइनान्सलाई नौ करोड सात लाख रुपैयाँभन्दा धेरै रकम नोक्सानी पु¥याएको साविकको पुनरावेदन अदालत पाटनले फैसला गरेको थियो ।
२०७१ सालको वैशाख २९ गते अदालतले रामभक्त थापालाई बैंकिङ कसुर तथा सजाय ऐनअनुसार तीन वर्ष कैद र बिगो असुल गरी बिगोअनुसार जरिबाना हुने फैसला गरेको थियो । सजाय र जरिबानाबाट बच्न फरार भएका थापालाई पक्राउ गरेर फैसला कार्यान्वयन गर्न काठमाण्डौ जिल्ला अदालतमा पेस गरेको सीआईबीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?

ट्रेन्डिङ
खबरमुकाम







