काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक घटेको छ । परिसूचक घटे पनि कारोबार रकम भने उल्लेख्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक १०.५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०८५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम भने ४ अर्ब ८ करोड नाघेको छ । अघिल्लो दिन ३ अर्ब २१ करोडको मात्रै कारोबार भएको थियो ।
९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ८ को स्थिर रह्यो । विकास बैंक र हाइड्रोपावर समूह मात्रै बढे । विकास बैंक ३.७७, हाइड्रोपावर ६ अंक बढे । उत्पादन समूह सबैभन्दा धेरै २.८८ प्रतिशत घट्यो । बैंकिङ ९, फाइनान्स ९, होटल तथा पर्यटन ८८, जीवन बीमा ३०, उत्पादन १६८, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा ४२, ब्यापार ४४ र अन्य समूह ०.४१ अंक घटे ।
समाज लघुवित्त र कुथेली बुकरी स्मल हाइड्रोपावरको १० प्रतिशत बढ्यो । त्रिशूली जलविद्युत् ६.७, दोर्दीजलविद्युतको ५ र मायाखोला हाइड्रोपावरको ४.९ प्रतिशत मूल्य बढ्यो । युनिलिभरको मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशत घट्यो । गुराँस लघुवित्तको ७.१३, किसान लघुवित्तको ४.४, एनआईसी एसिया बैंकको ४.१ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?

ट्रेन्डिङ
खबरमुकाम







