काठमाडाैं । सरकारले जग्गाको कित्ताकाट खुलाउँदा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुव घिमिरेले बताएका छन्।
आज शनिवार पोखरामा भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालभर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई आफ्नो पेशा तथा व्यवसाय बनाई व्यवसाय गर्दै आएका व्यवसायीले भोग्नुपरिरहेका विभिन्न समस्या समाधानका लागि प्रयासरत रहनुपर्ने बताएका छन् ।
घिमिरेले आफ्नो उद्देश्य प्राप्तिका लागिसबै व्यवसायी एकजुट भइ अघि बढ्न आह्वान गरे। बैंकमा अथाह पैसा भए पनि राष्ट्र बैंकले लगानी गर्ने वातावरण बनाइदिन नसकेको बताएका छन् ।
उनले भने, ‘नेपालभर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई आफ्नो पेशा तथा व्यवसाय बनाई व्यवसाय गर्दै आउनुभएका व्यवसायीहरूले भोग्नुपरिरहेका विभिन्न समस्या समाधानका लागि प्रयासरत रहँदै आफ्नो उद्देश्य प्राप्तिका लागि सबै व्यवसायी एकजुट भई अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।
उनले भने, 'कित्ताकाट खुल्दा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको छ। बैंकिङ क्षेत्रमा हामी अहिले पनि लडिरहेका छौँ। बैंकमा अथाह पैसा छ तर राष्ट्र बैंकले लगानी गर्ने वातावरण बनाइदिएको छैन ।’
घिमिरेले सबै एक भएर आफ्ना हक अधिकारको बारेमा लड्न आवश्यक रहेको बताए। उनले घररजग्गा व्यवसायीलाई लाइसेन्स दिनुपर्ने भन्दै आन्दोलन गरेर हालै मात्र सरकारले लाइसेन्स सिस्टमबाट मात्रै घरजग्गा कारोबार गर्नुपर्ने विधेकय पास भएकाले यो निर्णय सकारात्मक रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







