काठमाडौं । नेपालमा करिव ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा सो कुरा उल्लेख गरिएको हो ।
सर्वेक्षणमा करिव ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने सरकारी निकायमा दर्ता भई सञ्चालनमा आएको तथ्य समावेश गरिएको कार्यालयका निर्देशक प्रभा बरालले बताइन् । मुलुकमा वैध रुपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानहरुमध्ये महिलाहरुको स्वामित्वमा २६ प्रतिशत रहेको र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ ।
२०६५ सालयता गरिएको सो सर्वेक्षणकाअनुसार मोटर ट्रेड एण्ड रिपियरमा महिलाहरुको स्वमित्व सबैभन्दा कम ८ प्रतिशत छ ।
कार्यालयकी निर्देशक बरालले भनिन्,‘टोटलमा ७४ पर्सेन्ट प्रतिष्ठानहरु पुरुषको स्वामित्वमा रहेका छन् भने २६ पर्सेन्ट महिलाहरुको स्वामित्वमा रहेको पाइयो । यो दर्ताको आधारमा लिइएको तथ्यांक हो । त्यस्तै प्रोभिन्सवाइज हेर्ने हो भने गण्डकीमा ६४ दशमलव ९ पर्सेन्ट चाहीँ पुरुषहरुको स्वामित्वमा र ३५ पर्सेन्ट चाहीँ महिलाको स्वामित्वमा देखाउँछ भने मधेशमा हेर्ने हो भने ८९ पर्सेन्ट मेलको ओनर्सिप र १० दशमलव ८ पर्सेन्ट चाही फिमेलको अनर्सिप देखियो । अब यो रिटेल ट्रेडमा ७४ पर्सेन्ट मेलको ओनर्सिप देखियो भने २७ पर्र्सेन्ट फिमेलको ओनर्सिप देखियो । अनि, होलसेल ट्रेडमा ८४ पर्सेन्ट मेल र १६ पर्सेन्ट जति महिलाहरुको स्वामित्व छ । र मोटर ट्रेड एण्ड रिपियरमा धेरै पुरुषहरुको ९२ पर्सेन्ट मेल ओनर्सिप र करिव ८ पर्सेन्ट जति महिलाहरुको ओनर्सिप देखियो । भनेपछि यहाँ धेरै महिलाहरु इन्गेज भएको रिटेल ट्रेडमै देखियो ।’
सर्वेक्षणमा तलव ज्याला र अन्य सुविधा नलिई काममा संलग्न व्यक्तिहरुको संख्या तलव ज्याला सुविधा लिई काम गर्नेहरु भन्दा बढिरहेको पनि दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







