काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो ४ बजे शपथ हुने तय भइसकेको छ । १ राज्यमन्त्रीसहित ५ जना मन्त्री बनाउने मुख्यमन्त्री कार्कीको तयारी छ ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ थप हुने मन्त्रीहरूमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार - स्वास्थ्य, रामकुमार खत्री - कृषि उद्योग तथा सहकारी र इन्दिरा थापा - स्वास्थ्य राज्यमन्त्री बन्ने छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की - सामाजिक र नारायण बुर्जा मगरलाई खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्री बनाउने तयारी भएको स्रोतले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजित बनेपछि दुई मन्त्री बनाउन मुख्यमन्त्री सहमत भएका हुन् ।
हाल प्रदेश सरकारमा कांग्रेसबाट शम्शेर राई आन्तरिक मामिला तथा कानून, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







