काठमाण्डौ । सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ नेपालमा पनि देखिएको छ ।
नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएपछि दुई वर्ष अवधिमा देशका २८ जिल्लाका विभिन्न स्थानमा संक्रमण देखापरेको थियो । यो संक्रमणबाट ७० हजार बङ्गुर र सुँगुर मरेको विभागले जनाएको छ ।
पशु सेवा विभागले रोग ‘सर्भिलेन्स’ गर्दा फेरि काठमाडौं, ललितपुर, तनहुँ, लमजुङ र कास्कीमा पुष्टि भएको बताएको छ । संक्रमण देखा परेका जिल्लामध्ये तनहुँमा किसानले पालेका बङ्गुर र सुँगुर मरेको पाइएको विभागले बताएको छ ।
‘जैविक सुरक्षाको विधि अवलम्बन, सीमा तथा आन्तरिक क्वारेन्टाइनबाट ओसारपसारमा निगरानी, सर्भिलेन्स, सचेतनाका कार्यक्रमहरू सञ्चालन भइरहेको थियो,’ विभागले भनेको छ, ‘सोहि क्रममा रोग पुष्टि भएको हो ।
विभागले अहिले गण्डकी प्रदेशका जिल्लामा देखिएको जनाए पनि बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार ललितपुर गोदावरी नगरपालिका, काठमाडौं कीर्तिपुर नगरपालिकामा समेत महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको बताएको हो । निर्देशनालयले स्थानीय तहलाई पत्र लेख्दै सचेतनाको काम गर्नसमेत भनेको छ ।
सोहीअनुसार ललितपुर महानगरपालिकाले अफ्रिकन स्वाइन फिभर देखिएको भन्दै महानगरभरिका किसानलाई सचेत गराउन सुरु गरिसकेको छ । पशु सेवा विभाग सूचना अधिकारी डा. चन्द्र ढकालले पशुमा छिटो सर्ने रोग भएको बताएका छन् ।
ढकालले भने, यो रोग ‘एकदम नै छिटो पशुमा सर्ने रोग हो । यसले किसानलाई ठूलो आर्थिक क्षति गर्छ, तर बेलैमा सचेत हुन सके पशुलाई बचाउन पनि सकिन् ।
उनले सर्भिलेन्स क्रममा रोग देखिने बित्तिकै सचेतनाका लागि विभाग मार्फत सबै प्रदेश र स्थानीय तहलाई जानकारी दिन सूचना प्रकाशित गरेको बताएका छन् ।
‘हामीले सर्भिलेन्स क्रममा देखिएको जति मात्रै पुष्टि गरेका हौं । सबै स्थानको तथ्यांक लिन सकिएको छैन,’ उनले भने, ‘प्रदेश र स्थानीय तहले सूचनालाई आधार मानेर रोकथामका लागि तत्काल काम गर्नुपर्ने हुन्छ ।’ ढकालले सचेत भए पशुहरूमा ठूलो क्षति नहुने भन्दै किसानलाई नआत्तिन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







