काठमाडौं । अमेरिकी सरकारले युएसएआईडीमार्फत जाजरकोटमा गएको विनाशकारी भूकम्पपछिको पुर्नउत्थानका लागि १३ लाख ७० हजार डलर सहयोगको घोषणा गरेको छ ।
गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३ लाख ७० हजार डलर अर्थात १८ करोड १७ लाख बढी नेपाली रुपैंयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
२०८० कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १ सय ५४ जनाको ज्यान गएको थियो । साथै सयौँ घाइते भएका थिए । घर तथा भवनहरूमा क्षति पुग्दा व्यापक विस्थापन हुनपुग्यो, अत्यावश्यक सेवाहरूको प्रवाहमा व्यवधान आइपरेको थियो । आश्रय, खाना, सफा पानी तथा स्वास्थ्य सेवाको तत्काल आवश्यकता सिर्जना भएको थियो ।
सेभ द चिल्ड्रेनमार्फत कार्यान्वयन गरिएको युएसएआईडीको सहयोगले भूकम्प प्रभावित समुदायलाई जाडोको सामना गर्न, भूकम्पले गरेको विनाशबाट तङ्ग्रिन र अन्ततः सुरक्षित पुनर्निर्माण गर्न मद्दत दूताबासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







