काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधी सम्वन्धी उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आज शुरु भएको क्यान इन्फोटेक मेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए ।
विश्वमा सूचना प्रविधिको विकासले तिव्र फड्को मारिरहेका बेला नेपालले पनि यसबाट फाईदा लिनुपर्ने अध्यक्ष मल्लको भनाई छ । उहाँले भन्नुभयो, ‘नेपालले अन्तराष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा काग गर्न सक्छ । हाम्रा थुप्रै युवाहरुलाई रोजगारीको मुल प्रवाहमा ल्याउन सकिन्छ, ।’
सूचना प्रविधि सम्वन्धी अन्तराष्ट्रिय ठूला कम्पनीको व्याकअपका रुपमा काम गरेर रेमिट्यान्स भित्र्याउन सकिने अध्यक्ष मल्लले जोड दिए । अन्तराष्ट्रिय आइटी कम्पनीका लागि सर्पोट एवं विभिन्न एप्सहरु बिक्री माफर्त नेपालले गत वर्ष झण्डै ६८ अर्व रुपैयाँ आम्दानी गरेको अध्यक्ष मल्लले स्मरण गरे ।
मुलुकको आर्थिक समृद्धिका लागि अवको प्राथमिकता आईटी क्षेत्र र सोही अनुसारको नीति हुनुपर्ने अध्यक्ष मल्लले बताए । डिजिटल अर्थतन्त्र मार्फत आर्थिक गतिविधी बढाउनुपर्नेमा उनले जोड दिए ।
सूचना तथा संचार एवं प्रविधिका नयाँ नयाँ साधनहरुलाई आमजनताको पहुँचमा पुग्नेगरी गतिविधी विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । डिजिटल अर्थतन्त्र विकास गर्न सकिए आर्थिक पारदर्शिता कायम हुने अध्यक्ष मल्लले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







