काठमाडाैं । झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले शेयर निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।
सम्झौतामा कम्पनीको तर्फवाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेतका लागि रु.१००÷— अकिंत दरको साधारण शेयर ५१,००,००० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पूँजी रु.२ अर्ब ५५ करोड रहेको छ ।



ट्रेन्डिङ
खबरमुकाम







