घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । कारोबार साताको दोश्रो दिन सोमबार घटेको सुनको मूल्य कारोबार साताको तेश्रो दिन आज मंगलबार पनि तोलामा ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेको चाँदी आज प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै