काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही फेब्रुअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्म नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सरकारी उच्चस्तरमा गोप्य तयारी हुँदैछ ।
नेपाल र भारतका प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयको नेतृत्व र सुरक्षा अङ्गको उच्च तहमा मोदीको भ्रमण तयारीका विषयमा छलफल भइरहेको छ । स्रोतका अनुसार यो साता भारतबाट सुरक्षा निकायको दुई दर्जनको टोली काठमाडौं आएर रेकी गरेर बिहीबार साँझ दिल्ली फर्केको छ ।
यसअघि भारत भ्रमण गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । प्रचण्ड र मोदी बीच गत १ जुनमा हैदराबाद हाउस दिल्लीमा भेटवार्ता हुँदा प्रचण्डले निमन्त्रणा दिएका थिए ।
मोदी लुम्बिनी भ्रमणमा आएको समयमा अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । यसपटकको मोदीको भ्रमण राजनीतिकभन्दा पनि धार्मिक हुने बताइएको छ । उनी भारतमा लोकसभाको चुनाव हुनुभन्दा पहिला पशुपनिनाथको दर्शन गर्ने अभिप्रायले आउन लागेका हुन् ।
भारतमा आगामी मेमा लोकसभाको निर्वाचन हुँदैछ । त्यसअघि पशुपतिनाथको आशीर्वाद लिएर चुनावी अभियान सुरू गर्ने उद्देश्यसहित मोदीको भ्रमण हुन लागेको रेकी टिममा आएका एकजना सदस्यले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको सुरक्षार्थ खटिएको एसपिजी, एसएसबी, भारतीय सेनाको डिएमआईलगायतको टोली काठमाडौं आएको थियो । टोली साधारणरुपमा आएर पशुपतिनाथको पूजाअर्जना गरेर फर्किएको छ ।
भारतमा अकस्मात कुनै अप्रिय अवस्था सिर्जना नभए मोदीको भ्रमण हुने लगभग निश्चित भएको नेपालको परराष्ट्र स्रोतले बताएको छ । यद्यपि, यसबारे सरकारी निकायले औपचारिकरूपमा पुष्टि गरिसकेका छैनन् ।
यसअघि कार्यभार सम्हालेपछि प्रधानमन्त्री मोदी धेरैपटक नेपाल भ्रमणमा आइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







