काठमाडाैं । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले ११ वर्ष अवधिमा एक हजार दुई सय वटा सफल मिर्गाैला प्रत्यारोपण गरी इतिहास रच्न सफल भएको छ ।
बिहीबार ३९ वर्षीय श्रीमान्लाई उनकै ३४ वर्षीया श्रीमतीको दिएको मिर्गाैला दानसँगै प्रत्यारोपणमा एक हजार दुई सय वटा पुर्याउन सफल भएको केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो तथा मिर्गौला प्रत्यारोपणविद् डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले भने, 'नेपालको अङ्ग प्रत्यारोपणमा ८० प्रतिशत हिस्सा ओगट्दै आएको केन्द्रले आफ्नो स्थापनाको ११ वर्षमा एक हजार दुई सय वटा मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण गरेको छ । प्रत्यारोपणमा केन्द्रले ९९ प्रतिशत सफलता हासिल गर्दै आएको छ । केन्द्रले २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोण सम्पन्न गरेको छ । आगामी साता थप दुई जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी पूरा गरेका छौँ ।'
नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







