काठमाडाैं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभाबनामृत संघ (इस्कोन)को भक्ति उत्सव समारोहको उद्घाटन समारोह मोरङ्ग, विराटनगरको अतिथि सदनको सभाहालमा सम्पन्न भएको छ । माघ १८ देखि २१ गते सम्म चल्ने उक्त कार्यक्रममा सहभागिता जनाउन नेपालका विभिन्न शाखाहरूबाट करिब ६०० जनाको उपस्थिति रहेको छ ।
ईमपावरिङ दि युथ अर्थात् युवा सशक्तिकरण शीर्षक रहेको उक्त कार्यक्रमा सेमिनार, संस्कृति कार्यक्रम, नगर हरिनाम संकिर्तनका साथै झाँकी प्रस्तुत गरिने छ । उद्घाटन सत्रमा बोल्दै इस्कोन नेपालका अध्यक्ष श्रद्धय परमेश्वर अच्युत दासले, “ आध्यात्मिक जागरणले युवाहरुको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने बताए । “
विराटनगर सहायता प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले उक्त कार्यक्रमले युवाहरुमा नैतिकता, सदाचार, इमान्दारिताका साथै सत मार्गमा हिँड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेस सुराना विराटनगरमा इस्कोनको मन्दिर निर्माण गर्न भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उक्त कार्यक्रममा मोरङ जिल्लाका डि.एस.पी राजन दाहाल, मोरङका जिल्ला समन्वय अधिकारी गिरिराज भट्टराई पराजुली, अतिथि सदनका उपाध्यक्ष सुधीर कुमार अग्रवालले आफ्नो धारणा व्यक्त गरेका थिए ।
अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) आध्यात्मीक संस्थाको रुपमा भक्तिवेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गर्नुभएको अन्तराष्ट्रियस संस्था हो । यस संस्थाको मुख्य उद्धेश्य भनेको मानिसले भौतिक जगतको सामिप्यताले बिर्सेको श्रीकृष्णसँगको वास्तविक सम्बन्धको चेतना महशुस गराउनु हो ।
संसारभरिका १२०० ठुला तथा हजारौंको संख्यामा साना सेन्टरहरु मार्फत लाखौ भक्तहरु इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मीक चेतनाको विकास गरी कृष्णभावनाको प्रचार गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अर्थमन्त्री वाग्लेले बजेटका विषयमा पत्रकारहरुसँग सवाफ जवाफ गर्ने
- फुटको संघारमा राप्रपा, तीन पूर्वअध्यक्षले निकाले यस्तो विज्ञप्ति
- आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आज सातै प्रदेशमा पानी पर्ने सम्भावना, यस्तो छ मौसम विवरण
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान



ट्रेन्डिङ
खबरमुकाम





