चितवन । सौराहामा आजदेखि ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव’ सुरु भएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका वडा नं ७ स्थित चित्रसारी खेलमैदानमा महोत्सव सुरु भएको हो ।
पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले नेपाली चलचित्र र चलचित्रका माध्यमबाट चितवनसहित नेपालको पर्यटन विकासमा सहयोग पुर्याउन महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवमा चलचित्र विकास बोर्डसहित विभिन्न खाना, कपडालगायतका ६० वटा कक्ष छन् । दैनिक पाँच हजार दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको छ । दैनिक सांस्कृतिक कार्यक्रम हुनेछन् । महोत्सवमा सिनेमा, बृत्तचित्र र छोटा चलचित्र विधामा अवार्ड प्रदान गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







