काठमाडौं । खानीखोला गाउँपालिका काभ्रेपलान्चोकको आयोजनामा ‘कामकुरो शीर्षकको चेतनामूलक सडक नाटकआदिइत्यादिले मञ्चन गरेको छ ।
गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा नाटक मञ्चन भइरहेकाे छ । नाटकको प्रदर्शन माघ १४ गतेदेखि सुरु भएको हो ।
माघ १४ गते गाउँपालिकाकाे बुद्ध मा.वि. धाप्लेमा र जनहित मा.वि. महाकाँलमा, १५ गते बालविकास मा.वि. फलामेटार र धार्ने ज्योति मा.वि.धार्ने, मा, १६ गते भृकुटी मा.वि. सौरे र कुमारी मा.वि. जगथली र आज माघ १७ गते चौँथो दिन खानीखोला गाउँपालिकाको सामुदायिक विद्यालय शारदा मा.वि. देउरालीमा नाटक मञ्चन सम्पन्न भएको छ ।
पुरु लम्सालको लेखन तथा निर्देशन रहेको यस नाटकमा सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, सागर कार्की, शान्ति भट्टराई, प्रज्ज्वल अधिकारी र अन्जना दुलालको अभिनय रहेको छ ।

वडा न. ४ वडा अध्यक्ष निसान मोक्ताङ
मञ्चित नाटकका विषयमासामाजिक विकास समितिको संयोजक तथा ४ नम्बरको वडाध्यक्ष निसान मोक्तानले भने, “हाम्रो समाजमा रहेका विकृति तथा विसंगतीहरु चिर्नका लागि नाटकले महत्वपूर्ण भूमिका खेलेको छ । यो नाटकले धेरै समसमायिक विषयबस्तुहरुलाई समेटेको छ । काठमाडौंबाट नजिकै भएपनि हाम्रो जिल्ला विकासका मामिलामा पछाडि परेको छ।”
उनले थपे, “हामीले अरु कसैलाई दोष दिन मिल्दैन । हामी गाउँमै बस्दैनौँ । यहाँ केही उत्पादन नै गर्दैनौँ । हाम्रो जग्गा जमिन बाँझो छ । हाम्रो गाउँठाउँ पछि पर्नुको मुख्य कारण हामी नै हो । त्यसैले पनि हामी पछाडि परेका हौँ । ”
मोक्ताङले यो नाटकले स्थानीय उत्पादनमा जोड दिनुपर्छ । विदेशमा गएर सिकेको सिपले गाउँमै बसेर केही गर्नुपर्छ, बालविवाह गर्नु हुँदैन । अभिभावकहरुले बच्चाहरुलाई समय दिनुपर्छ र साथै विद्यालयका शिक्षकको जिम्मेवारी के रु विद्यालयमा उनीहरुको भूमिका कस्तो हुन्छ रु शिक्षकले चाहे भने यो समाजलाई कसरी रुपान्तर गर्न सकिन्छ भन्ने सन्देश बोकेको बताए ।
यसैगरी, खानीखोला गाउँपालिकाका शिक्षा साहायक एवम् नाटक प्रदर्शन कार्यक्रमका संयोजक होमबहादुर वाइवाले भने, ‘यो स्थानीयहरुको समस्या हो । विद्यालयमा शिक्षकहरु नै समयमा उपस्थित हुदैँनन् । हामीले बालविवाहको न्यूनिकरणका लागि विभिन्न पहलकदमी चालिरहेका हुन्छौँ । समाजमा बालविवाह गर्नुहुँदैन भन्ने जनचेतना पनि फैलाएका छौँ । तर, त्यो सबै थाहा हुँदाहुँदै पनि अहिले बालबालिकाले आफ्नो मनोमानी गरेर विवाह गर्छन् । जसकारण विभिन्न समस्याहरु झेल्ने पर्ने हुन्छ ।’ यो नाटकले यस विषयमा महत्वपूर्ण भूमिका खेलेको वाइवाको भनाई छ ।
खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर थिङ छिन्ताङ
त्यस्तै, खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर थिङ छिन्ताङले भने, ‘हाम्रो गाउँ समाजमा भौतिक विकासको निर्माणलाई मात्र विकास भएको ठान्छन् । विकासको प्रवृत्ति सामान्यतया सामाजिक उत्पादनको गतिविज्ञानबाट नियमित र निर्देशित छ । हरेक समाजको गठन निश्चित सामाजिक चेतनाको जगमा खडा भएको हुन्छ । त्यसैले जबसम्म सामाजिक चेतनाको विकासमा परिवर्तनको आवश्यकता महसुस हुँदैन, तबसम्म भौतिक विकासले मात्र कुनै अर्थ राख्दैन ।’
यस नाटकले समाजिक कुरिती, वालविवाहले निम्त्याउने समस्या कम गर्न र स्थानीय उत्पादनमा जोड महत्वपूर्ण भूमिका खेलेको छिन्ताङले बताए ।
अब नाटककाे अन्तिम मञ्चन भाेली १८ गते जनविकास मा.वि. ताल्ढुङ्गामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम



ट्रेन्डिङ
खबरमुकाम






