Dark

गुणात्मक शिक्षा र प्रविधिसम्बन्धी शिक्षाका लागि सरकारले सदा सहयोग गर्नेछ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गुणात्मक शिक्षा र प्रविधिसम्बन्धी शिक्षाका लागि सरकारले सदा सहयोग गर्ने बताएकी छिन् । साथै उनले नेपाल सरकार प्राविधिक क्षेत्रमा जनशक्ति उत्पादन गर्ने विषयमा लागिरहेको बताइन् । 

पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरु भएको २०औँ राष्ट्रिय प्राविधिक महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना र प्रविधिको तीव्र गतिमा विकास भइरहेको हुँदा त्यसको प्रयोग मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिएकी छिन् । 

सूचना र प्रविधिको उचित प्रयोगमार्फत मुलुकको विकास गर्न सकिने बताउँदै उनले इन्जिनियरिङ क्षेत्रमा यो क्याम्पस आफैँमा ‘ब्रान्ड’ भएकाले विश्वमा विज्ञता हासिल गरेपछि देशको विकासमा ध्यान दिन आग्रह गरिन् । 
    
 

“साइबर सुरक्षा नीति २०८० पारित भएको छ, सूचना र प्रविधिको क्षेत्रमा कतिपय कानुन छैनन”, मन्त्री शर्माले भनिन्, “सरकारले सूचना र प्रविधिको क्षेत्रमा आवश्यक कानुन बनाउने छ, सूचना प्रविधिको विकासले देशलाई आत्मनिर्भर बनाउनुपर्छ ।” 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै