काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक हरिहर पौडेललाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक पौडेललाई सम्मान गरेको जनाएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र राजश्व सचिव राम प्रसाद घिमिरेले प्रमाणपत्र सहित निर्देशक पौडेललाई सम्मान गरेका हुन् ।
भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले पौडेललाई ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए । भन्सार प्रशासन सुधारमा उल्लेख्य भूमिका निर्वाह गरेका पौडेललाई सम्मान गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।
सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि व्यापार सहजीकरण हुनुपर्ने बताए । उनले भन्सारमा सन्दर्भ मुल्य भन्दा पनि कारोबार मुल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए । भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाई छ । अध्यक्ष मल्लले भने, ‘भन्सार प्रक्रीयालाई सहजीकरण एवं सवै भन्सारहरुमा उच्चस्तरीय क्वारेन्टीन ल्यावको व्यवस्थापन गरिनुपर्दछ, ।’
व्यापार घाटा न्यूनीकरणका लागि निर्यातयोग्य बस्तुहरुको पहिचान र प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । नेपालको खुला सीमाका कारण चोरी पैठारी बढीरहेको र यसको नियन्त्रणका लागि भन्सार प्रशासन चनाखो हुनुपर्ने मल्लले बताए । करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्नेमा अध्यक्ष मल्लको जोड छ ।
सम्मान कार्यक्रममा राजश्व सचिव घिमिरेले अर्थतन्त्रमा पछिल्लो समय सुधारका संकेतहरु देखिन थालेको बताए । व्यापारमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्र तर्फ जानुपर्ने र यसका लागि सहजीकरण गर्ने काम भईरहेको उनको भनाई छ ।
भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अर्थमन्त्री वाग्लेले बजेटका विषयमा पत्रकारहरुसँग सवाफ जवाफ गर्ने
- फुटको संघारमा राप्रपा, तीन पूर्वअध्यक्षले निकाले यस्तो विज्ञप्ति
- आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आज सातै प्रदेशमा पानी पर्ने सम्भावना, यस्तो छ मौसम विवरण
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान



ट्रेन्डिङ
खबरमुकाम





