काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकका हरेक क्षेत्रमा सूचना र प्रविधिको विकास लागि संस्थागत र जनशक्तिको पुनःसंरचना आवश्यक रहेको बताएका छन् । आगामी १६औँ पञ्चवर्षीय योजनामा समेटिनुपर्ने मन्त्रालय र मातहतका निकायका लक्षित कार्यक्रमबारे आज मन्त्रालयमा भएको छलफलमा उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि पनि दक्षजनशक्ति र चुस्त निकाय बनाउन उक्त पुनःसंरचना आवश्यक रहेकामा जोड दिए ।
मन्त्री शर्माले मन्त्रालयलमातहतका निकायको संस्थागत र सञ्चारमाध्यममा रहेका जनशक्तिको पुनःसंरचना गरी क्षमता अभिवृद्धिमा लाग्न सबैलाई आग्रह गरेका छन् । साथै उनले आजको युगमा सूचना र प्रविधि हरेक क्षेत्रको उदाउँदो र अपरिहार्य विषय भएकाले सूचना प्रविधि प्राधिकरण वा यस्तै अन्य संस्थागत संरचनाको आवश्यकता औँल्याए ।
मन्त्री शर्माले मन्त्रालय एक्लैले मात्र काम गरेर सफलता हासिल नहुने भन्दै मातहतका निकायका नेतृत्वले पनि उत्साहका साथ काम गर्नुपर्ने बताए ।
कार्यक्रममा मन्त्रालयलका सचिव रामकृष्ण सुवेदीले सोह्रौँ योजना आगामी पाँच वर्षसम्म मुलुक रुपान्तरणका लागि मार्गनिर्देशन भएकाले सोहीअनुसार कुनै पनि विषय नछुटने गरी समावेश गर्नका लागि लाग्न मातहतका निकायलाई निर्देशन दिए । साथै उनले योजनामा लक्षित कार्यक्रम समावेश गर्ने सन्दर्भमा मातहतका निकायलाई मन्त्रालयले समाधानका लागि गर्नुपर्ने आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा मन्त्रालयका उच्च कर्मचारीका साथै मातहतका निकायका प्रमुख र पदाधिकारीको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्तो छ आज बिदेशी मुद्राको नेपाली मूल्य
- विष्णु पौडेलको गिरफ्तारीप्रति ओलीको आपत्ति, सरकारमाथि प्रतिशोधको आरोप
- हालान्ड चम्किँदा नर्वे विश्वकपको नकआउट चरणमा
- नगरकोटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
- आज पहाडी क्षेत्रमा पानी पर्ने, तराईमा तातो लहर
- प्रतिनिधि विवादले रास्वपाको बन्दसत्र भोलिसम्म स्थगित
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते



ट्रेन्डिङ
खबरमुकाम






