नयाँदिल्ली । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने – जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ ।
दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा ढिलाइ भएको छ । यसै गरी दिल्ली जाने २८ वटा लामो दूरीका रेलहरू पनि निर्धारित समय भन्दा ढिला शुरु गरिएको छ ।
भारतीय मौसम विज्ञान विभागका अनुसार दिल्लीमा न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस र अधिकतम १८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । यद्यपि, मङ्गलबार बिहान दिल्लीमा रेकर्ड गरिएको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस थियो ।
उत्तर रेलवेका अनुसार हावडा –नयाँ दिल्ली राजधानी एक्सप्रेस, राजेन्द्रनगर –नयाँ दिल्ली राजधानी एक्सप्रेस, डिब्रुगढ–नयाँ दिल्ली राजधानी एक्सप्रेस, बेङ्गलोर–निजामुद्दीन राजधानी एक्सप्रेस, आजमगढ–दिल्ली जेएन कैफियत एक्सप्रेस, बनारस–नयाँ दिल्ली एक्सप्रेस र कटिहार–अमृतसर आम्रपाली एक्सप्रेस सहित २८ वटा रेलहरू २ देखि ६ घण्टासम्म ढिलो गरी सञ्चालनमा आएका थिए ।
आइएमडीले जनवरी २७ र २८ सम्म मध्यम खालको कुहिरो लाग्ने पूर्वानुमान गरेको छ । दिल्लीमा निरन्तर शीतलहर जारी रहँदा मङ्गलबार मानिसहरू आगोको वरिपरि बसिरहेका देखिन्थे । यसैबीच, आइएमडीका अनुसार जनवरी २६ को बिहानसम्म पन्जाब, हरियाणा, चण्डीगढ र उत्तर प्रदेशका केही भागहरूमा बिहानदेखि बाक्लो कुहिरो रहने सम्भावना छ ।
यसअघि सोमबार, आइएमडीले जम्मु डिभिजन, दिल्ली, पश्चिम उत्तर प्रदेश र झारखण्डमा कुहिरोले प्रभाव पारेको थियो । भारतका विभिन्न स्थानमा बाक्को कुहिरो र हुस्सुले दृष्यता कम अनुभव भएको छ । जम्मु डिभिजनले पाँच सय मिटर दृश्यता रहेको उल्लेख गरेको छ भने पटियालाले ५० मिटर मात्र दृश्यता रेकर्ड गरेको छ ।
यसैगरी उत्तर प्रदेशको वाराणसी र प्रयागराजले क्रमशः २५ र ५० मिटरको दृश्यता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







