जेरुसेलम । इजरायली सेनाले मङ्गलबार मध्ये गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको घोषणा गर्दै उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको जनाएको छ ।
एक पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले सैनिकहरूले दुई भवनहरू ध्वस्त पार्न विस्फोटक तयारी गरिरहेको बताएको छन् । आतङ्ककारीहरूले सोमबार नजिकैको ट्याङ्कमा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरे पछि समय अगावै विस्फोट निम्त्यायो जसको परिणामस्वरूप भवनहरू ढले सैनिकहरू भित्र तथा नजिकै थिए ।
सेनाले एक विज्ञप्तिमा दुर्घटनामा पर्नेहरु २२ – ३७ वर्ष उमेरका रिजर्भ सैनिकहरू भएको बताएको छ । यो घटना अक्टोबर सातमा गाजामा हमास विरुद्धको युद्ध सुरु भएपछिको इजरायली सेनामाथि भएको सबैभन्दा घातक एकल आक्रमण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







