काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले १६औँ आवधिक योजना तर्जुमाका सन्दर्भमा राष्ट्रिय योजनाका पदाधिकारीसँग छलफल गरेका छन् । आज रक्षामन्त्रालयमा भएको छलफलमा योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवलगायतसँग आगामी आवधिक योजना तर्जुमाबारे उपप्रधानमन्त्री खड्काले छलफल गरेका हुन् ।
उपप्रधानमन्त्री खड्काले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन् तिनको समस्या पत्ता लगाइ समाधानका उपायसहित १६औँ योजनाका तर्जुमा गर्न सुझाव दिए । उनले आवधिक योजनामा प्रदेशका समस्या, विकास निर्माणमा प्रदेशपछि पर्नुको कारण पनि पहिल्याउन सुझाव दिए । उनले योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभुति गर्ने र व्यवहारमा लागू हुने गरी बनाउनुपर्नेमा जोड दिए ।
“योजना तर्जुमा गर्दा मुलुकको भूगोल र पर्यावरणलाई ध्यान दिनु जरुरी हुन्छ, कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र किसानको उत्पादनले बजार पाउने सुनिश्चितता हुने विषयलाई प्राथमिकतामा राख्नुहोला”, उनले भने ।
विकास निर्माणका क्रममा देखा परेका समस्या र तिनको समाधानसहितको कार्ययोजना तर्जुमा आवश्यक रहेको उनको भनाइ थियो । लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ति र रुख कटानको समस्या सम्बोधन हुने गरी योजना बनाउनुपर्नेमा उनको जोड थियो । “कुनै पनि योजना बनाउँदा जनताले दैनिक पमा बेहोरिरहेका समस्या समाधान हुने र जनताले पाउने सेवाप्रवाह थप सहज हुने गरी बनाउनुपर्छ”, उनले भने, “साथै योजना कार्यान्वयन योग्य पनि हुनुपर्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







