म्याङलुङ । सहरी विकासमन्त्री सीता गुरुङले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । आज तेह्रथुम जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका साथै विभिन्न कार्यालयका प्रमुखसँगका बैठकमा मन्त्री गुरुङले कार्यालयहरुले प्रवाह गर्ने सेवा छिटोछरितो र सहज बनाउन निर्देशन दिए ।
मन्त्री गुरुङले जिल्लाका राजनीतिक दलका प्रमुखसँग जिल्लाको समग्र विकासबारे छलफल गरे । सहरी विकास मन्त्रालयमार्फत निर्माण हुन लागेको आठराई गाउँपालिकाको शीत भण्डार, महिला सामुदायिक भवन, म्याङलुङको मिनि मार्केट, आठराई गाउँपालिका–९ को वडा कार्यालयको प्रशासनिक भवन शिलान्यास गर्नुभयो । सो अवसरमा उहाँले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गरे ।
मन्त्री गुरुङले आजै लालिगुराँस नगरपालिकामा भइरहेको उद्यौली उभौली मेलाको पनि उद्घाटन गरे । मन्त्री गुरुङलाई लालीगुराँस नगरपालिकाको वसन्तपुरमा स्थानीयले सांस्कृतिक च्याब्रुङ नाच (केलाङ),झाक्री नाच (येवा लाङ), नौमती बाजासहित स्वागत गरेका छन् । लालीगुराँस नगरपालिकाको वसन्तपुरमा निर्माण हुन लागेको मिनिमार्केट र प्रशासनिक भवन शिलान्यास गर्ने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव हेमन्त गुरुङले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







