काठमाडौं । किरात याक्थुङ चुम्लुङ ललितपुरले लिम्बु भाषा र लिपि (याक्थुङ पाःन नु सक्सक्) कक्षा संचालन गर्ने भएको छ । कियाचुले एक सूचना जारी गर्दै ५ दिने भौतिक कक्षा सञ्चालन गरिने जानकारी दिएको हो ।
कियाचु केन्द्रीय अध्यक्ष प्रेम येक्तेनका अनुसार यस कक्षामा किरात याक्थुङ चुम्लुङसँग आवद्ध संगठन र लिम्बुजन्य संस्थाका पदाधिकारीहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।
माघ १६ देखि २० गते शनिबारसम्म ललितपुरस्थित चुम्लुङहिममा बिहान ११ बजेदेखि २ बजेसम्म दैनिक ३ घण्टा कक्षा संचालन हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार लिम्बु भाषा र लिपिबारे आधारभुत कक्षा, लिम्बु भाषामा व्यानर र पोष्टर लेखन, लिम्बु भाषामा कार्यक्रम सञ्चालन (उद्घोषण) र मन्तव्य सम्बन्ध कक्षा संचालन गरिने छ ।
नाम दर्ताका लागि आशा नेम्बाङ (९८५१०३६५४०), कमला लिवाङ (९८५१०७६०८४) र शुभराज थाम्सुहाङ (९८२३३४५४२३) लाई सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







