दिपायल (डोटी)। पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको डोटीको दक्षिणी भेगमा पर्ने बडीकेदारधाम पछिल्लो समय पर्यटकको पर्खाइमा रहेको छ ।
समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा पर्ने बडीकेदारधाम दक्षिण डोटीको बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाको दोसाँधमा अवस्थित छ ।
प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो स्थल पदयात्राका लागि उपयुक्त गन्तव्य मानिए पनि पूवार्धार निर्माण नहुँदा यहाँ आन्तरिक पर्यटक मात्रै पुग्ने गरेका छन् ।
स्थानीयवासीले यस क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग माग गरिरहेका छन् । सहजपुुर विपीनगर बोगटान दिपायल सडकबाट गाडीमा करिब दुई घण्टाको पैदलयात्रामा बडीकेदारधाम पुग्ने सकिन्छ ।
ग्रामीण कला, संस्कृति र परम्परासँग रमाउँदै बडीकेदार पुग्न सकिने भए पनि अहिलेसम्म यस क्षेत्रको पूर्वाधार निर्माणमा कसैको ध्यानपुग्न सकेको छैन । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनको वातावरण बनाउने हो भने यहाँको व्यापार व्यवसायसँगै आयआर्जनमा पनि टेवा पुग्ने स्थानीवासी बताउँछन् ।
बडीकेदारधामअन्तर्गत रहेका मठमन्दिर गुफा, झरनाको पूर्वाधार विकास र प्रचारप्रचार नहुँदा यो क्षेत्र प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको बडीकेदार गाउँपालिका–५ का स्थानीय वीरबहादुर बोहराले बताए ।
यस क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्न सकेमा यहाँका नागरिकको रोजगारीसँगै आयआर्जनमा वृद्धि हुने बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले बताए ।
यस क्षेत्रमा पूर्वाधार विकास गरी प्रचारप्रसार गर्न स्थानीयतह, प्रदेश र सङ्घीय सरकारका साथै पर्यटन व्यवसायीसँग समन्वय भइरहेको उनले जानकारी दिए ।
कार्यकारी अधिकृत सिराडीले भक्तजनको आगमनमा सुविधा उपलब्ध गराउन आवश्यक पूर्वाधार बाटो, धारा, मूलभवन, मूर्ति, शौचालय, पर्खाललगायत पूर्वाधार बनाउन बाँकी रहेको भन्दै यस विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेकाले छिट्टै काम अगाडि बढ्ने बताए ।
प्रचारप्रचारका लागि स्थानीयतहका, वडा तथा गाउँपालिका र प्रदेश सरकारसँग समन्वय भई कामको योजना बनाइने बोगटन फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए ।
बडीकेदारधामको धार्मिक, सांस्कृतिक, ऐतिहासिकरुपमा प्रचारप्रचार गर्नका लागि बडीकेदार गाउँपालिकाले पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले राससलाई जानकारी दिए ।
यस क्षेत्रको विकास गर्न सके समग्र पालिकासँगै जिल्लाको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







