काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन् । कृषिमा परनिर्भरता नहटेसम्म आर्थिक समृद्धि हासिल गर्ने सरकारी नीति र लक्ष्य कागजमै सिमित हुने अध्यक्ष मल्लले बताए ।
कृषिजन्य बस्तुहरुको उत्पादन र बजारीकरणका लागि तीन तहको सरकार र निजीक्षेत्रका संगठनबीच प्रभावकारी समन्वय हुनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
दोलखा चेम्बर अफ कमर्सको पाँचौ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं खानीजन्य बस्तुहरुको पहिचान एवं प्रर्वद्धन संगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष मल्लले भने, ‘कृषि उत्पादनको दृष्टिकोणले सवै जिल्लाको आ– आफ्नै विशिष्टकृत महत्व छ, स्थानीय उत्पादनको प्रर्वद्धन एवं बजारीकरणका लागि ठोस नीतिगत व्यवस्थाको खाँचो छ, । ’ कृषि प्रधान मुलुकमा खाद्यान्ह समेत आयात गर्नुपर्ने अवस्था आउनु मुलुकका लागि दुर्भाग्य भएको भन्दै अध्यक्ष मल्लले स्थानीय कृषि उपजहरुको उत्पादन वृद्धि एवं सहज बजारीकरणका लागि जिल्लामा छुट्टै कक्ष निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘आन्तरिक उत्पादन नहुँदा कृषि जन्य बस्तुहरुमा समेत परनिर्भरता बढ्दो क्रममा छ, सम्भावना भएका क्षेत्रहरुमा समेत निर्यात सहजीकरण हुन सकेको छैन, ।’ निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत, पर्यटन र सूचनाप्रविधियुक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति योजना बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







