नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा हिजो २०८० पुस २९गते सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको जनाएको छ ।  

साधारणसभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको हो । यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०/८१को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईलाई लेखापरीक्षक नियुक्तग र्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।  

त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिष जङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन् । सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनी को सोह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए ।  

प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफा भन्दा सेवाबिस्तारलाई उच्च प्राथमिकतामा राखी भौगोलिकरूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवाविस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमाथप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू परिलक्षित गरिरहको बताए ।  

समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवातर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भई ६१.५१ प्रतिशत पुगेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले भने, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बीच कम्पनीले कुल रु ४४.४२ अर्ब आम्दानी गरी रु ७.९२ अर्ब मुनाफा आर्जन गर्न सफलभएको बताए । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कबापत कुल आयको ६४.०७प्रतिशतले हुन आउने रु २८.४६ अर्ब राजस्वको रूपमा बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पु-याएको छ ।’

सूचनाप्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टी सेवा तथा एफटीटीएच सेवाबिस्तार, आवश्यकपूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै परियोजना सफलता पूर्वक सम्पन्न हुने दिशामा अगाडि बढेको उनले बताए । यी सबैको परिणाम स्वरुप समीक्षा अवधिको अन्त्यसम्ममा देशका ७७ वटै जिल्लाका अधिकांश स्थानीय निकायहरुमा अत्याधनिुक दूरसञ्चार सेवाको पहुँचबिस्तार भएको उनले बताए । 
 
अति विकट र दुर्गममा रहेकाबाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवाबिस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर High Bandwidth Connectivity विस्तार गर्ने Content मा आधारित Value Added Services को विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको तथा यस क्षेत्रमा भइरहका नवप्रवर्तन र विकासमा आधारित प्रविधि र सेवाबिस्तार गर्न अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्न आवश्यक व्यवस्था गरिएको उनले बताए । ग्रामीण दूरसञ्चार विकास कोषबाट प्राप्त सहयोगको अधिकतम प्रतिफल प्राप्त हुनेगरी सूचना महामार्ग निर्माण गर्ने कार्यले गतिलिएको समेत उनले बताए ।   

कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवेदीले अगाडि भने, ‘देशभरफोरजी/एलटीईतथा एफटीटीएच सेवाबिस्तारका लागि व्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको छ । प्राविधिक तथा भौगोलिक दृष्टिकोणबाट सम्भवभएका स्थानहरूमा भूमिगत तथा एडीएसएस अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण कार्यलाई तीव्रता दिइएको छ । अप्टिकल फाइबर नेटवर्क बिस्तार गर्न नसकिने स्थानहरूमा माइक्रोवेभ रेडियो लिंकतथा स्याटेलाइट लिंक मार्फत सेवा उपलब्ध गराइने र विद्युत आपूर्ति उपलब्ध नभएका स्थानमा सोलार पावर प्रणाली जडानमा विशेष जोड दिइएको छ ।’

परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रित गरिएको र देशैभर यसका लागि आवश्यक कार्य भइरहेको बताउँदै उनले भने, ‘टुजी प्रविधिको प्रयोग गर्ने ग्राहकहरूको संख्या उल्लेख्य रहकोले यसको स्तरोन्नति रफोरजी सेवाको बिस्तार गरी दुर्गम र विकट क्षेत्रमा पु-याउने कार्यलाई निरन्तरता दिइएको छ ।

जीएस एम मोवाइल सेवाको सञ्चालन अनमुतिपत्रको अवधि २०८१ मा अवधि पूरा हुने भएकोले कानुनमा व्यवस्था भए अनुसार दोस्रो अनुमतिपत्रको लागि आवश्यक प्रक्रिया अगाडि बढाइ सकिएको छ ।फाइभजी प्रविधिको परीक्षणको लागि आवश्यक पूर्वाधारसहित तयारी अवस्थामा रहको छ र नियामक निकायबाट परीक्षणको स्वीकृति प्राप्त भएपश्चात् परीक्षण गरिनेछ ।’ 

दूरसञ्चारको प्रतिस्पर्धात्मक बजार अनुरुप समय सापेक्ष कम्पनीको पुनःसरचना गर्नेतर्फ विशेष ध्यान दिइने र कम्पनीमा उपलब्ध जनशक्तिको उच्चतम उपयोग गर्ने नीतिलाई प्राथमिकता दिइएको बताउदै उनले विश्वभर नै भ्वाइस सेवाको माग तथा प्राप्त हुने राजस्वमागिरावटको साथै ओटीटी जस्ता सेवाले परम्परागत सेवालाई थप चुनौती दिएकोले प्रविधिमा आएको परिवर्तन कम्पनीबाट प्रवाहहुने सेवामा पनि तादात्म्यता मिलाउन प्रयासरत रहेको बताए । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध स्थापित गरी कम्पनीको हित अनुकूल हुनेगरी साझेदार संस्थाहरुसँगको सहकार्य समेतमा विभिन्न सेवाविस्तार गर्ने तर्फ कम्पनीका गतिविधि निर्देशित गरिने र यस कार्यमा कम्पनीमा कार्यरत कर्मचारी, नियामक निकाय तथा शेयर धनीहरुबाट सदाझैं पूर्ण सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको बताए । 

कम्पनीका अध्यक्षले साधारणसभामा शेयरधनीहरुले उठाएका विभिन्न सुझावहरुको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै सुझाव दिने शेयरधनीहरु प्रति आभार व्यक्त गरे । कम्पनीले सोह्रौ साधारण सभाले पारित ग रेबमोजिमको लाभांश रकमआज (२०८० पुस २९गते) देखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै