काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रदेश ५ मा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम (In House Training) सम्पन्न गरेको छ । कम्पनीको लुम्बिनी प्रदेश स्थित बुटवलमा यहि पौष २७ र २८ गते आयोजना गरिएको कार्यक्रममा ६५ भन्दा बढी कर्मचारीहरुको उपस्थिती थियो ।
कम्पनीले नेपाम बीमा प्राधिकरणको निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धी गर्ने काम नियमित रुपमा गरिरहेको छ । नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पुर्ण बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका बिषयहरुमा अन्तरकृयात्मक प्रस्तुतिकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा कम्पनिका सहायक महाप्रबन्धक द्वय कविराज पौडेल तथा सुभाष दिक्षित तथा अन्य विभागीय प्रमुखद्वारा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
उक्त प्रस्तुतिकरणमा प्रस्तुत तथा विवेचना गरिएकाका विषयले कर्मचारिहरुमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जर पश्चात सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले बजार बिस्तार र ग्राहक सेवालाई पहिलो प्राथमिकता दिएको छ । बजार बिस्तार लगायत ग्राहक सेवामा सबै भन्दा ठुलो भुमिका कर्मचारीहरुकै हुन्छ, यसले गर्दा कम्पनीले केन्द्रमा रहेका कर्मचारीहरुलाई मात्रै नभई प्रदेश स्तरका कर्मचारीहरुलाई समेत उतिकै दक्ष बनाउने रणनीति बनाएको छ ।
बीमा कम्पनीहरु काठमाण्डौ तथा प्रमुख शहरहरुमा मात्रै केन्द्रित रहदै आएकोमा मर्जर पश्चात आफ्नो व्यावसायिक क्षमतालाई अधिकतम उपयोग गर्दै ग्रामिण क्षेत्रमा पनि बजार विस्तार गर्न लागि परिरहेका छन् । यसै क्रममा सगरमाथा लुम्बिनी ईन्स्योरेन्सको यो कार्य सह्रानिय देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गुमुखोला भ्याकुरे हाइड्रोपावरद्वारा ५ लाख कित्ता निष्काशनका बिक्री प्रबन्धक नियुक्त
- ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
- आज ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मादक पदार्थ सेवन गरेका चालकको ग्यास ट्यांकरले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते
- भारतबाट शेख हसिनाको पत्रकार सम्मेलनप्रति बंगलादेशको कडा आपत्ति
- घर बनाउन सञ्चय कोष सुर्खेतले दियो ३५ करोड ऋण
- ‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदारहरू स्वदेश फिर्ता
- नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा

ट्रेन्डिङ
खबरमुकाम






.jpeg)
