काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाईसौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभा लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौर, काठमाडौमा सम्पन्न भएको हो ।
यस सभाले आ.व. २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् ।
यसैगरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
उक्त साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आ.व. २०८०/८१ मा बैंकको लेखापरिक्षण गर्न जे. बि. राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाका अध्यक्ष उपाध्यायले शेयरधनी महानुभावहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रण गर्नुका साथै आगामी दिनमा थप प्रगति हाँसिल गर्न जस्तोसुकै प्रतिकुल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्घता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







