म्याग्दी । म्याग्दीको सदरमुुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको छ । बर्खामा नदीमा बाढीको सतह बढेपछि म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित आयोजनाको काम रोकिएको थियो । हिउँद लागेसँगै पानीको सतह घटेपछि रोकिएको बस्ती संरक्षणको काम सुुरु भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि थप सात ठाउँमा रु ५० करोडको लागतमा योजना सञ्चालन गरेको छ । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माणले तीव्रता पाएको परियोजनाका इञ्जीनीयर कृष्ण विश्वकर्माले बताए ।
“गलेश्वर, राममन्दिर र बगरफाँटको योजना सम्पन्न हुुने चरणमा छन्,” उहाँले भन्नुुभयो “बेनी नगरपालिका–२ भस बसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।” रु नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका–८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ । सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजित पर्खाल निर्माण भएको थियो ।
मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन रु पाँच करोड ७७ लाखमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ । बेनी नगरपालिका–२ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजित पर्खाल बनाउन रु दुई करोड ३० लाखमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले निर्माण सकेको छ ।
बेनी–९ स्थित राहुघाट नदी किनारमा रु ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बिआरटिले रु दुई करोड ६८ लाखमा ठेक्का लिएको योजना अन्तिम चरणमा छ । जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन रु तीन करोड २० लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले निर्माण सम्पन्न गर्ने चरणमा छ । कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला गाउँपालिका–२ को राममन्दिरमा पक्की पर्खाल बनाउन रु चार करोड ३२ लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले कम्पोजित पर्खाल निर्माणको अन्तिम चरणमा पुुगेको छ ।
पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा नदी नियन्त्रणका लागि ८४ मिटर लामो र आठ मिटर अग्लो कम्पोजित पर्खाल निर्माण सुुरु भएको छ । गत असारमा रु तीन करोड पचास लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले कालीगण्डकीलाई डाईभर्सन गरेर पर्खाल बनाउन जग खन्ने काम सुुरु गरेको छ । निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले आगामी असारभित्र पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उपकरण, मजदुुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको बताए ।
निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाईभर्सन गरेर अस्थायी रुपमा म्याग्दीको बेनीतर्फबाट बगाइएको जिसीले बताए । नदी किनारमा पक्की पर्खाल निर्माण भएपछि करिब तीन सय परिवारको बसोबास रहेको वारीबेनी बजारका बासिन्दा कालीगण्डकीको कटानबाट जोगिने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
- नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा
- स्मार्ट टेलिकम ऋण प्रकरणः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेसहित पदाधिकारीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य
- प्रतिनिधिसभा बैठक आज, पाँच विधेयक प्रस्तुत हुने
- ‘अमेरिकासँग प्रशस्त गोला–बारुद छ, सूचना चुहाउनेलाई कडा कारबाही हुन्छ’
- आज पनि देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्ने
- आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ? यस्तो छ विनिमयदर

ट्रेन्डिङ
खबरमुकाम







