काठमाडौं । विद्युतीय सवारीसाधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको बिवाइडीले २०२३ को अन्त्य सम्ममा ३,०२४,४१७ विद्युतीय गाडीहरू बेचेको घोषणा गरेको छ । यस माइलस्टोनले बिवाइडी को ६१.८५ को वर्ष–दर– वर्ष वृद्धि मात्रै नभएर दिगो साधनहरुको विकासमा बिवाइडीको प्रतिबद्धतालाई पनि देखाएको छ।
वार्षिक मापदण्डमा ४५.०५ को वृद्धि देखाउदै, विवाइडीले डिसेम्बर २०२३ मा, कुल मासिक ३४१,०४३ न्यू इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो । वर्षको अन्तिम महिनाको यस अद्भुत प्रदर्शनले बिवाइडीलाई विद्युतीय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सह्योग गरेको छ ।
२०२२मा पनि बिवाइडीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै, १.८६ मिलियन विद्युतीय गाडीहरू बेचेको रेकर्ड दृढ गतिमा बनाएको थियो । कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नविन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै बिवाइडीलाई विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ उचाईमा पुर्याएको हो ।
नोभेम्बर २०२३, बिवाइडीको यो प्रगतिशील यात्राको एक महत्त्वपूर्ण क्षण रहेको छ। कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन विद्युतीय गाडीहरू बजारमा लेराइ कम्पनीको प्राकृतिक तथा सुचित भविष्य सृष्टि गर्ने लक्ष्यमा एक ऐतिहासिक माइलस्टोन हासिल गरेको छ।
विवाइडीको सफलता, यसको अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइनअपको प्रमाण हो जसले पर्यावरण–मैत्री यातायात समाधानहरुको लागि बढ्दो विश्ववायापी मागसगँ प्रतिध्वनित गर्दछ। आजको दिनमा, कम्पनी विद्युतीय सवारी क्रान्तिको अग्रभागमा रहदै, उद्योगमै बेन्चमाक्रहरु सेट गरी रहेको छ ।
२०२३ लाई उत्कृष्ट वर्षका रुपमा मनन गरिरहँदा, बिवाइडी ले पर्यावरण मैत्री सवारीसाधनहरु मार्फत यातायातको क्षेत्रमै केहि परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको छ। ३ मिलियन भन्दा बढीको विद्युतीय सवारी साधनहरुको बिक्री र टिमको अथक प्रयास मात्रै नभएर उत्पादनको गुणस्तर तथा उत्कृष्टतालाई विश्वास गर्ने विश्व भरका ग्राहकहरू रहेको बताएको छ ।
बिवाइडी को विद्युतीय गतिशीलता र कार्बन फूटप्रिन्ट घटाउने लक्ष्य, विश्व जलवायुमा आएको परिवर्तन संग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासहरू सँग समर्थन गर्दछ। कम्पनी उच्च–गुणस्तरीय प्रविधि र पर्यावरणमैत्री समाधानहरूको उत्पादनमा दृढ रहेको छ । जसले आगामीमा सवारी साधनहरुको निर्माणमा हेरचाह गरिरहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







