काठमाडौं । कान्तिपुर पब्लिकेशनकाे विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुद्धा हालेका छन् । उनले कान्तिपुरविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्धा हालेका हुन् ।
आफूले कान्तिपुरविरुद्ध मुद्धा दायर गरेको कुरा लामिछानेले सामाजिक सञ्जालबाट खुलाएका छन् ।
उनले लेखेका छन्–‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ । म आरोप लाग्नै नहुने मान्छे होइन । तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए–देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु । म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो ।‘
लामिछानेले अगाडि भनेका छन्– ‘मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।’
हेर्नुहाेस् उनकाे स्टाटस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
- रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति
- प्रतिनिधिसभाको बैठक आज बस्दै, खानी तथा खनिज पदार्थ विधेयक छलफलमा
- आजको मौसमः देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना
- आगलागीबाट घर–व्यवसाय गुमाएका राजेन्द्र गौतमका लागि जुट्दै सहयोगी हातहरु
- भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
- विपक्षी सांसदले दोहोर्याए प्रधानमन्त्रीको सीमा अभिव्यक्ति फिर्ताको माग
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र

ट्रेन्डिङ
खबरमुकाम






