काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध दायर रिट न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।
सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अधिवक्ता अनन्तराज लुइटेल, फर्सुराम पाण्डे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
ती रिटहरूमाथि मङ्सिर ५ गते विपक्षी नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण लगायतको नाममा कारण देखाऊ आदेश जारी भए पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
अन्तरिम आदेश प्रयोजनका लागि मङ्सिर १९ गतेको पेशी तोकिएकामा उक्त दिन हेर्न नभ्याउनेमा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
- रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति
- प्रतिनिधिसभाको बैठक आज बस्दै, खानी तथा खनिज पदार्थ विधेयक छलफलमा
- आजको मौसमः देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना
- आगलागीबाट घर–व्यवसाय गुमाएका राजेन्द्र गौतमका लागि जुट्दै सहयोगी हातहरु
- भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
- विपक्षी सांसदले दोहोर्याए प्रधानमन्त्रीको सीमा अभिव्यक्ति फिर्ताको माग
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र

ट्रेन्डिङ
खबरमुकाम






