नेकपा एमालेले बिहीबारदेखि थाल्ने झुलाघाट-चिवाभन्ज्याङ विशेष अभियानको तयारी पूरा भएको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटिले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैतडीको झुलाघाटदेखि सुरु हुने विशेष अभियान भनिएको पदयात्राको तयारी पूरा भएको जनाएको हो ।
एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विशेष अभियानको सबै तयारी पूरा भएको जानकारी दिए । विश्वकर्माले पार्टी अध्यक्ष केपी शर्मा ओली अभियानको उद्घाटनका लागि मंगलबार नै धनगढी पुग्ने बताए ।
उनका अनुसार अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू धनगढी आइरहेका छन् भने उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरू बुधबार आउने छन् ।
पार्टीका केन्द्रीय पदाधिकारीसहितका नेताहरु बुधबार धनगढीबाट बैतडीतर्फ प्रस्थान गर्ने एमालेले जनाएको छ । बिहीबार ओलीले झन्डा अनावरण गरेर पदयात्राको उद्टन गर्ने सचिव छविलाल विश्वकर्माले बताए ।
झुलाघाटमा उद्घाटन गरेपछि बिहीबार नै बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गरिने विशाल जनसभालाई ओलीले सम्बोधन गर्ने छन् भने बिहीबार खोड्पेमा समेत सन्देश सभा आयोजना गरिएको छ । बैतडीपछि शुक्रबार डडेल्धुरामा सन्देश सभा र डोटीको दिपायलमा जनसभा गर्ने बताइएको छ ।
यस्तै मंसिर १६ गते अछामको साँफेवगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यपालिका रहेको छ । १७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्ष सहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ ।
१९ दिनमा सङ्कल्प यात्रा अन्त्य गरिनेछ । पुष ५ गते काठमाडौँमा संकल्प यात्राको सन्देश प्रवाह गर्ने बताइएको छ । विशेष अभियानका क्रममा केन्द्रीय नेतासहितको टोलीले सुदूरपश्चिम प्रदेशको तीन सय ५८ किलोमिटर यात्रा गर्नेछन् ।
अभियानका क्रममा तीन दिनसम्म विकास र समृद्धिका लागि बहस हुने एमाले सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । जैशीले अभियानका क्रममा सम्बन्धीत जिल्लालाई नै आफ्नो जिल्लामा व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी
- भारतमा मल लिन जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि घर फर्किए
- आजको मौसमः देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
- एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
- नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा
- स्मार्ट टेलिकम ऋण प्रकरणः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेसहित पदाधिकारीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य

ट्रेन्डिङ
खबरमुकाम







